२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

एउटै निजी क्षेत्र र सबै व्यवसायीको एकै आवाज हुनुपर्छ– वरिष्ठ उपाध्यक्ष ढकाल

एउटै निजी क्षेत्र र सबै व्यवसायीको एकै आवाज हुनुपर्छ– वरिष्ठ उपाध्यक्ष ढकाल
अ अ+ अ-

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्र एउटै हुनुपर्छ र मुलुकका समग्र व्यवसायीहरुको एउटै आवाज हुनुपर्छ भन्नुभएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयल र नेपाल अलैँची व्यवसायी महासंघद्धारा झापाको विर्तामोडमा शुक्रबार आयोजित नगदेबाली अलैँची निर्यातका विद्यमान समस्या र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो– मुलुकका समग्र व्यवसायीहरुको छाता संस्थाका रुपमा एउटै निजी क्षेत्र र सबै निजी क्षेत्रको एउटै आवाज हुन सकेमा मात्र हामी बलियो हुनेछौँ, त्यसपछि मात्र हाम्रा समस्याको सुनुवाई हुनेछ । 

उहाँले सबैको एउटै आवाज र सबै व्यवसायीको साझा माग भएमा त्यो बलियो हुने र यसले देशमा नीति निर्माण तहदेखि सबै क्षेत्र र आवश्यकताको यथोचित सम्बोधन हुनसक्ने धारणा राख्नुभयो । 
वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो– मलाई लाग्छ हामी निजी क्षेत्रका लगभग उस्तै उस्तै प्रकृतिका समस्या र आवश्यकताहरु छन्, त्यसैले हाम्रा अप्ठेरोहरुलाई हामी सबैले एकै आवाजमा राख्न सक्यौँ भने त्यो आवाज बलियो हुनेछ र राज्यले पनि सुन्नेछ ।      

उहाँले त्यस अवसरमा अलैँचीको उत्पादन, स्टोरेज र बजारसम्मको लागि नेपाल सरकारको तर्फबाट सहजीकरण हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो– अलैँची नेपाली उत्पादनमा एक बलियो सम्भावना रहेको क्षेत्र हो तर राज्यले जुन रुपमा सहजीकरणका लागि पहल गर्नुपर्ने हो, त्यो हुन नससकेको गुनासो व्यवसायीको छ, त्यसमा सरकार र राज्यका सबै सरोकारवालाहरुको ध्यान पुगोस् ।
 
अलैँची उत्पादक किसानहरुका समस्याका बारेमा आफूले व्यक्तिगत रुपमा पनि मन्त्री तथा नेपाल सरकार सचिवसँग वास्तविकता जानकारी गराई आवश्यक सहयोग र समन्वयका लागि पहल गरेको बताउनुभयो । 

उहाँले अलैँचीको जुन एफओई, रियल प्राइस र भारतलाई मात्र आधार मानेर निर्यात भइरहेको अवस्था छ, त्यसलाई तेस्रो मुलुकमा निर्यात गर्न आवश्यक पर्ने व्यावसायिक पूर्वाधारका लागि राज्यले सहजीकरण गरोस्, निजी क्षेत्रको छाता संगठनका रुपमा नेपाल उद्योग वाणिज्य महासंघले आवश्यक पहल गर्नेछ । 

उद्योग मन्त्रालय तथा नेपाल सरकारका निकायहरुले तेस्रो विश्वमा अलैँची निर्यात गर्दा आवश्यक पर्ने कागजात लगायतका आधारभूत पूर्वाधारहरु के हुन् भन्ने विषयमा सहजीकरण गर्न आवश्यक रहेको उहाँको भनाई छ । 

वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो– अहिले अलैँची जुन मूल्यमा बिक्री हुनुपर्ने हो त्यो नभएर अति न्यूनतम मूल्यमा मात्र बिक्री भएको अवस्था छ । यदि हामीले आवश्यक पूर्वाधार र प्रक्रिया निर्माण गरेर तेस्रो मुलुकमा पठाउन सकियो भने यो समस्या हट्ने छ र किसानले वास्तविक मूल्य अर्थात अहिलेको भन्दा धेरै गुणा बढी मूल्य पाउन सक्नेछन् ।

उहाँले आफू पनि एक उद्यमी तथा नेपालको व्यावसायिक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको नेतृत्वमा रहेको हैसियतले नेपालको निर्यातलाई उत्साहित हुने वातावरण बनाउनुपर्छ भनेर ग्लोबल आइएमइ बैंकका तर्फबाट समेत उत्पादनदेखि निर्यातसम्मका लागि न्यूनतम ब्याजदरको सुविधासम्बन्धमा अलैँची व्यवसायीहरुसँग सम्झौता गरेको उहाँले बताउनुभयो । 

वरिष्ठ उपाध्यक्ष ढकालले अलैँची व्यवसायीका सबै समस्याहरुको समाधानका लागि निजी क्षेत्रको छाता संगठनको हिसाबले नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट हरेक हिसाबले पोलिसी लबिङमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।