२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा
अ अ+ अ-

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई रु दुई हजार, विनोद पानपसल आलोकनगरलाई रु एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई रु ५०० जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले राससलाई जानकारी दिनुभयो । गरिमा वर्कशपलाई यसअघि पनि नदी किनारमा फोहर नफाली तोकिएको स्थानमामात्र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले चेतावनी दिएको थियो ।
 
जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ । ४०३ औँ हप्ताको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूहलगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा अभिनेत्री नीता ढुङ्गाना पनि सहभागी हुनुभएको थियो । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो ।

उत्तरी चक्रपथ सफाइ २०० औँ हप्तामा : उत्तरतर्फको चक्रपथ सफाइ अभिायन २००औँ हप्तामा प्रवेश गरेको छ । अभियानले २०० औँ हप्ता प्रवेशका अवसरमा आज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, जनप्रतिनिधि, कलाकारको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँहरुले सफाइ अभियानलाई जागरणका रुपमा टोल टोलमा बिस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।
  
कार्यक्रममा गायक बद्री पङ्गेनी र तिलक बस्नेत एवं गायिका मञ्जु पौडेल र कल्पना दाहालले गीतसमेत गाउनुभएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनुभयो । सो अवसरमा चक्रपथ क्षेत्रमा सफाइसमेत गरिएको थियो । विगत २०० हप्तादेखि चक्रपथ सफाइ अभियान निरन्तर हुँदै आएको छ ।
 
गोदावरी खोला सफाइ १००औँ हप्तामा : ललितपुरस्थित गोदावरी नदी सफाइ अभियानको १००औँ हप्तामा विशेष कार्यक्रम आयोजना गरिएको छ । महालक्ष्मी नगरपालिका वडा नं ६ र ८ जोड्ने विष्णुडोल पुल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले खोलाको विस्तृत परियोजना प्रस्ताव तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिनुभयो । 

प्रस्ताव स्वीकृत भएपछि तीनै तहका सरकारकाबीच समन्वय गरी नदीलाई सफा बनाउन थप सहयोग मिल्ने बताउनुभयो । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले गोदावरी खोला क्षेत्रका नगरपालिकासँग समन्वय गरी स्वच्छ राख्ने अभियानमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । १०० हप्ताको विशेष कार्यक्रमम सहभागी भएका सफाइ अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । विगत १०० हप्ताअघिदेखि महिला र बालबालिकाको विशेष पहलमा गोदावरी खोला सफाइ हुँदै आएको छ । सफाइको नेतृत्व बेबी राजभण्डारीले गरिरहनुभएको छ ।
 
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ हुन थालेको हो । सहायक नदीसँगै उपत्यकामा चक्रपथका विभिन्न स्थान, सांस्कृतिक सम्पदालगायत स्थानमा पनि साप्ताहिक रुपमा सफाइ भइरहेको छ ।  उपत्यक बाहिर पनि प्रमुख शहर र नदी गरी १०६ भन्दाबढी स्थानमा सफाइ भइरहेको छ । वाग्मती सफाइ महाअभियानबाट आशातीतरुपमा नदी सफा नदेखिए पनि देशभर सफाइ जागरण फैल्याउन सफल भएको छ । 

यसैबीच आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीका विभिन्न स्थान, मनोहरा, हनुमन्तेलगायत स्थानमा पनि सफाइ गरिएको छ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर जागरण फैलिए पनि स्थानीय सरकारको बेवास्ताले संस्थागतस्वरुप ग्रहण गर्न नसकेको अभियानकर्मीको गुनासो छ । नदी किनार, सांस्कृतिक सम्पदालगायत सार्वजनिकस्थलमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाहीको अभियान चलाउन सके पनि सफाइमा ठूलो सहयोग पुग्ने विश्लेषण अभियानकर्मीको छ ।  पूर्णप्रसाद मिश्र /रासस