५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा–सिस्नेखोला सुरूङको आज ब्रेक थ्रु



फाइल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्मको निर्माणाधीन सुरुङको आज ब्रेक थ्रु हुने भएको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण परियोजनाले आज औपचारिक कार्यक्रमका बीच सुरुङको ब्रेक थ्रु गर्न लागिएको जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी हुने छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको मुख्य सुरूङको लम्बाइ २ हजार ६६७ मिटर छ । आज दुई मिटर खनेपछि छिचोलिने छ ।

आयोजनाको उद्धार अर्थात् रेस्क्यु सुरूङ गत साउनमै छिचोलिसकिएको छ ।

ब्रेक थ्रु भएलगत्तै सुरुङ सञ्चालनमा भने आउँदैन । आयोजनाको सम्पूर्ण काम सकिएपछि मात्र सवारी साधनलाई गुड्न दिइने छ । आगामी एक वर्षभित्र सबै काम सक्ने तयारी आयोजनाको छ ।

सुरूको सम्झौताअनुसार काम थालिएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै यो आयोजनाको निर्माण पूरा भइसक्नुपर्ने थियो । तर कोरोना महामारी, स्थानीय विवाद तथा सुरूङ खन्ने क्रममा देखिएको प्राविधिक समस्या लगायत कारण आयोजना समयमा निर्माण हुन नसकेको आयोजनाले बताएको छ ।

सुरूङको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।