• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आर्सनल एस्टन भिल्लासँग घरेलु मैदानमै पराजित, उपाधि होडमा धक्का



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा उक्लिने अवसर रहेको आर्सनलले घरेलु मैदानमै हार बेहोरेको छ ।

गएराति भएको खेलमा आर्सनले एस्टन भिल्लासँग २-० गोलले पराजित भएको हो । उपाधि होडमा रहेको आर्सनलले यो हारसँगै आगामी खेलहरुमा दबाब बढेको छ ।

एस्टन भिल्लालाई जित दिलाउन लेओन बेलीले ८४ औं तथा ओली वाट्कीन्सले ८७ औं मिनेटमा गोल गरे ।

यो नतिजासँगै आर्सनल ३२ खेलबाट ७१ अंकका साथ दोस्रो स्थानमा छ । समान खेल खेलेको म्यान्चेस्टर सिटी ७३ अंकका साथ शीर्षस्थानमा रहँदा लिभरपुल ७१ अंकका साथ तेस्रो स्थानमा छ ।

यी तीन वटै टोलीले अब ६-६ खेलहरु खेल्न बाँकी छ ।