२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको हो: सञ्चारमन्त्री



file photo
अ+ अ-

काठमाडौँ । सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ ।

आईतवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनकिपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद अधिवेशन स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताउनुभएको हो ।

उहाँले स्वभाविक रुपमा भएको संसद अधिवेशनलाई अरु अर्थमा बुझ्न नहुने बताउनु भयो । उहाँले सरकार संसदमा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली काँग्रेसको आरोप गलत भएको बताउनु भयो । उहाँले सरकार अब बजेट अधिवेशनको तयारीमा लागेको बताउनु भयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नका लागि संसद अधिवेशन अन्त्य गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति हामीलाई केही समय चाहिन्छ । हाम्रा नियमावली, संविधानका व्यवस्था छन् । त्यो व्यवस्थाअनुसार हाम्रो केही समय संसद अधिवेशन बन्द गर्नैपर्ने हुन्छ । अब हाम्रो बजेट अधिवेशन नजिक आउँदैछ । यस पटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौँ । त्यही अनुसार हामीले सिद्धान्त र प्राथमिकता एक खालले पारित गरिसकेका छौँ । सिद्धान्त र प्राथमिकतामा धेरै मान्यज्युहरुका सल्लाह र सुभाmव छन् । त्यसलाई परिमार्जन गर्नुपर्नेछ । नीति तथा कार्यक्रमको, बजेटको तयारी गर्नुपर्ने, सरकारको मुख्य ध्यान त्यतातिर छ । त्यसकारण हामी अलि फरक ढंगले बजेट कार्यक्रम अघि बढाऔँ भनेर समय लिइएको हो । त्यसबाट संसद अन्त्य स्वभाविक प्रक्रियामा भएको छ । यसलाई अरु अर्थमा बुझ्नु हुँदैन । संसदमा उठेका विषयबाट भाग्न खोज्यो र अन्त्य भयो भन्ने कुरा आयो । यो गलत हो ।’

मन्त्री शर्माले एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति संसद अधिवेशन बन्द गर्नैपर्ने बाध्यता रहेको बताउनु भयो ।