२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नयाँ वर्षको दिन देशभर कहाँ के भयो ? (फोटो फिचर)

नयाँ वर्षको दिन देशभर कहाँ के भयो ? (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । नेपालीहरुले नयाँ वर्ष २०८१ सालको पहिलो दिन शुभकामना साटासाट गरी मनाए । आफन्त भेटघाट गर्ने अवसर पनि नयाँ वर्षको पहिलो दिने मिल्यो ।

मानिसहरु फुर्सदमा घुम्ने र मेला महोत्सवमा सहभागी भए । देशभरका धार्मिक स्थलहरु पनि पहिलो दिन भरिभराउ भए ।

उत्साह, उमंग र खुसीसाथ भित्रिएको नयाँ वर्षमा देशभर कहाँ के भएको थियो त ? (तस्बिरहरू : रासस)

भारतको उत्तर प्रदेश बलरामपुर जिल्लाको तुलसीपुर बजारबाट शनिबार बिहान नयाँ वर्ष वि.सं २०८१ सालको पहिलो दिन देखिएको सूर्योदयको दृश्य ।

काठमाडौँको टोखा नगरपालिका २ मा अवस्थित सपन तीर्थ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । यहाँ नयाँ वर्षको पहिलो दिन मेला लाग्ने गर्छ ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका (७ स्थित तसमैया बाबा उद्यानमा फुलेको फूलसँगै नयाँ वर्ष २०८१ सालको पहिलो दिन शनिबार बिहान उद्यानबाट देखिएको सूर्योदयको दृश्य ।

नयाँ वर्ष २०८१ सालको पहिलो दिन वीरगन्जको गहवा माई मन्दिरको दर्शन गर्न लामवद्ध भक्तजन ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ५ स्थित चण्डेश्वरी मन्दिरमा नयाँ वर्ष २०८१ को अवसरमा पहिलो दिन शनिबार पूजाअर्चना गर्न पुगेका भक्तजन ।

अन्नपूर्ण पदमार्ग अन्तर्गत चामे गाउँपालिका १ तिमाङबाट मनाङतर्फ जाँदै गरेका विदेशी पर्यटक । यहाँ आउने पर्यटक विशेष गरि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल हुँदै पाँच हजार चार सय १६ मिटरमा रहेको थोराङ्ला पास जाने गर्दछन् ।

पवित्र तीर्थस्थल देवघाटधाममा शनिबार स्नान गर्न आएका भक्तजनको घुइँचो । नयाँ वर्षको दिन आज देवघाटको वेणीमा स्नान गरि पुजापाठ गरि दान गर्नाले वर्षभरी पुन्य मिल्ने र रोगब्याधि नलाग्ने बिश्वास रहेको छ ।

नयाँ वर्षको पहिलो दिन शनिबार पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न आएका भक्तजन ।

नव वर्षको पहिलो दिन शनिबार बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शन गर्न आएका भक्तजन ।

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी बाराही मन्दिरमा पूजा गर्न लामवद्व भएको भक्तजन ।

धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा पूजा आराधना गर्न आएका भक्तजनको भीड । यहाँ पूजा तथा दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

नयाँ वर्षको पहिलो दिन आज गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न आएका आन्तरिक पर्यटक ।

मोरङको सुन्दरहरैँचा नगरपालिका चन्द्रनगरस्थित पाथिभरा मन्दिरमा नयाँ वर्ष २०८१ का अवसरमा शनिबार पूजाअर्चना गर्न आएका भक्तजन ।वर्ष मध्यपुर थिमिमा वैशाख १ गते मनाइने बायलिसिया जात्रा ९अपरान्ह कने जात्रा० अन्तर्गत श्री प्रथम गणेशको जात्रा गर्दै जात्रालु ।

गोरखाको धार्चे गाउँपालिका–७ लापुबेशीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरनामा तस्बिर खिचाउँदै विदेशी पर्यटक ।

वर्ष मध्यपुर थिमिमा वैशाख १ गते मनाइने बायलिसिया जात्रा (अपरान्ह कने जात्रा) अन्तर्गत श्री प्रथम गणेशकाे जात्रा गर्दै जात्रालु ।