२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

राम्रो कति गर्न सक्छौं थाहा छैन नराम्रो चाहिँ एउटा पनि गर्ने छैनौं: गृहमन्त्री लामिछाने

नयाँ बर्षबाट ठमेल क्षेत्र २४ औ घण्टा खुल्ला रहने , गृहमन्त्री लामिछानेले गरे शुभारम्भ

राम्रो कति गर्न सक्छौं थाहा छैन नराम्रो चाहिँ एउटा पनि गर्ने छैनौं: गृहमन्त्री लामिछाने
अ अ+ अ-

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४सै घण्टा खुला भएका छन् ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज साँझ ठमेलको त्रिदेवीमार्गमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले २४सै घण्टा बजार सञ्चालनको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पुर्‍याउनका लागि २४सै घण्टा बजार खुला गरिएको बताउनुभयो । “ठमेल र दरबारमार्ग क्षेत्रको सुरक्षामा कहीँकतै कमी हुनेछैन । प्रहरी प्रशासनसँगै यस क्षेत्रलाई सुरक्षित बनाउने दायित्व नागरिकको पनि उत्तिकै हो । हामी सबै मिलेर यसलाई निरन्तरता दिनुपर्छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री लामिछानेले ठमेललाई ठमेलजस्तो र दरबारमार्गलाई दरबारमार्गजस्तो बनाउन प्रहरी प्रशासनसँगै स्थानीय जनसहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । पर्यटन र ठमेल पर्यायवाची भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

गृहमन्त्री लामिछानेले जुनसुकै सहर सुरक्षित भएको महसुस गराउन आम नागरिक निर्धक्क भएर हिँड्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै ठमेल र दरबारमार्गलाई निर्धक्क रूपमा हिँड्ने वातावरण निर्माणमा सरकार लागेको बताउनुभयो । ‘युवा आए देशको परिवर्तन सम्भव छ’ भन्ने सन्देश दिन आफू लागिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले २४सै घण्टा ठमेल र दरबारमार्गलाई सञ्चालन गरेर विश्व जगतलाई सकारात्मक सन्देश दिन खोजिएको बताउनुभयो । उहाँले उक्त अभियानले देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले २४सै घण्टा बजार सञ्चालनमा ल्याउँदा स्थानीयका समस्या तथा सुरक्षा व्यवस्थाका बारेमा बुझ्नुपर्ने उल्लेख गर्नुभयो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठमेललाई नमूना पर्यटकीय नगरी बनाउने योजना अभियानले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले १० वर्षदेखि ठमेल र दरबारमार्ग २४सै घण्टा सञ्चालन गर्ने योजना अगाडि रहेकामा अहिले अघि बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । उक्त अभियानलाई विस्तारै काठमाडौँका अन्य सहरमा पनि लैजानुपर्ने उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि लागु हुने गरी २४सै घण्टा सञ्चालनका लागि आचारसंहिता निर्माण गरी लागु गरेको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्न सुरु गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था मजबुद बनाइएको बताउनुभयो ।

“जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहे पनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला भएको छ”, प्रजिअ बस्नेतले भन्नुभयो । उहाँका अनुसार ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको छ ।

प्रजिअ बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको जानकारी दिनुभयो ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्न तयार गरिएको विशेष सुरक्षा योजनाभित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायीमात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयवासीलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्ने, खुला स्थानमा लाइभ म्युजिक गरेर मनोरञ्जनात्मक कार्यक्रमसहितका व्यवसाय निश्चित समयसम्मका लागि सञ्चालन गर्न पाउने र म्युजिक बन्द गरेर व्यवसाय सञ्चालन गनुपर्नेलगायत कुरा आचारसंहितामा राखिएका छन् । प्रजिअ बस्नेतले भगवानवहाल क्षेत्रमा स्थानीयवासीको बसोबासको क्षेत्र भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको जानकारी दिनुभयो ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित सङ्केत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाइन सवारीसाधनको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताउनुभयो । उहाँका अनुसार पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।रासस