२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

सिरहामा थपिए २१ हजार १० मतदाता

सिरहामा थपिए २१ हजार १० मतदाता
अ अ+ अ-

लहान । सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् । सरकारले अगामी वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु अघिल्लो दिनसम्म गरी मतदाता अद्यावधि गर्ने क्रममा सो मतदाता थपिएको  कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो । गत २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा एक लाख ८४ हजार १०१ पुरुष, एक लाख ६० हजार २६७ महिला र दुई जना तेस्रोलिङ्गी गरी तीन लाख ४४ हजार ३७० मतदाता थिए ।

अघिल्लो निर्वाचनमा  रहेका २२१ मतदानस्थललाई कायम राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको जिल्ला निर्वाचन कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको बैठकले गत २०७४ को निर्वाचनका बेलाका मतदानस्थललाई नै कायम राख्ने निर्णय गरेको कार्यालय प्रमुख यादवले जानकारीदिनुभयो । उहाँका अनुसार निर्वाचन कार्यालयले घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगको तालिकाअनुसार जिल्लामा मतदाता नामावली अद्यावधिक कार्य अगाडि बढाएको छ । यही माघ १५ गते प्रत्येक स्थानीय तहमा मतदाता नामावली प्रकाशन गरी माघ १६ र १७ गते त्रुटि सच्याउन निवेदन दिने, झुठा विरणविरुद्ध उजुरी दिने, दोहोरो नामावली हटाउन निवेदन दिने, मृत्यु वा नागरिकता परित्याग गरेको मतदाताको स्थानीय पञ्जिकारबाट नामावली सङ्कलन गरिने कार्य सकिएको छ । 
 
आएका उजुरीहरूमाथि माघ १८ र १९ गते सफाइको मौका दिइने र माघ १८ देखि २० गतेभित्र निवेदनको आधारमा त्रुटि सच्याउने, दोहोरो नामावली हटाउने, स्थानीय पञ्जिकारबाट प्राप्त मृतक मतदाताको नामावली निर्वाचन आयोगमा पठाउने, माघ २० गते दाबी विरोध उजुरीउपर कारवाही गरिने र माघ २१ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ  । यसका साथै सिरहाको १७ वटै स्थानीय तहमा एक÷एक सहायक निर्वाचन अधिकृत छनोट गरी खटाइने छ ।