२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

अपाङ्गता भएकालाई ज्याकेट र ब्ल्याङ्केट

अपाङ्गता भएकालाई ज्याकेट र ब्ल्याङ्केट
अ अ+ अ-

काभ्रेपलाञ्चोक । दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले ज्याकेट र ब्ल्याङ्केट वितरण भइरहेको छ । सिबीएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र ९रिमरेक० धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अपाङ्गता भएका अतिविपन्न व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको हो ।

केन्द्रले भुम्लु गाउँपालिकाको १० वडाका १०० अपाङ्गता भएका व्यक्तिलाई ब्ल्याङ्केट प्रदान गरिसकेको छ । यसपछि मण्डनदेउपुरका अपाङ्गता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण अभियान थालिएको केन्द्रका सचिव रमेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत मण्डनदेउपुरका १२० अपाङ्गता भएका व्यक्तिलाई नगरको साझेदारीमा ज्याकेट र ब्ल्याङ्केट वितरण गर्ने कार्यक्रम रहेको छ ।
 
मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले ज्याकेट र ब्ल्याङ्केट वितरण कार्यक्रमको ९ नं वडाबाट उद्घाटन गर्दै संस्थाको सहयोगले अपाङ्गता भएका व्यक्तिलाई राहत पुगेको बताउनुभयो । “नगरले अपाङ्गता पहिचान भएका सबैलाई वर्षेनी न्यानो कपडा दिने योजना बनाइरहेको छ”, उहाँले भन्नुभयो ।