• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना



काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गर्नुभएको हो ।

राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गर्नुभएको थियो ।

आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ ।

सपनतीर्थमा मेलासँगै टोखामा विस्का नख: (जात्रा) पनि सुरु भएको नेवा गुथि: टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।रासस

 तस्बिर : हरिराम भेटुवाल / रासस