२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

विवेक र संयम गुमाइरहेका नेताहरु

विवेक र संयम गुमाइरहेका नेताहरु
अ अ+ अ-

काठमाडौ  । राष्ट्रपतिको कुरा त के गर्नु ? बडामहारानीले त अस्ति चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई म गोरखाबाट यो सन्देश दिन चाहन्छु– निर्वाचनको लागि कारगेड छाडेर सुख सुबिधा, ऐस आराम छाडेर, शीतल निवास छाडेर पहिला काटेश्वरमा आउनुहोस । चाबहिल कि बानेश्वर कता तिर बसाई छ भन्ने सुनेको छु । होइन भने बालकोटतिर गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाब लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुहोस तपाइसँग म पनि अलि भारी हुन्छ होला यही रेखा लोप्चनलाई चुनाब लडाउछु र हराउछु । 

माथिका शब्दहरु राष्ट्रपति बिद्यादेबी भण्डारीप्रति नेकपाको नेपाल–दाहाल समूहकी नेत्री राम कुमारी झाक्रिले प्रतिनिधिसभा बिघटन बिरुद्ध आयोजित एक कार्यक्रममा ब्यक्त गरेको धारणा हो । 

नेतृ रामकुमारीको अभिब्यक्ति  प्रति आपत्ति जनाउदै  नेकपा कै अर्का नेतृ शान्ता चौधरीले लेख्नुभयो महिला भएकै कारण महामहिम राष्ट्रपतिज्य्र प्रति हालसालै गरिका अत्यन्त घिन लाग्दा टिका टिप्पणीले हाम्रो नेपाली समाज कहाँ छ र राजनीति गरि खाने भनिनेहरु कुन स्तरमा झरी सके भन्ने देखाउछ। एकल महिला प्रति प्रयोग गरिएका दुर्बाच्य शब्दहरु कुनै पनि सभ्य समाजमा अक्षम्य हुनु पर्छ। जब राजनीतिक एजेन्डाहरु कमजोर हुन्छन र आफुले समाजलाइ दिनु पर्ने कुराहरु केहि हुँदैनन् तब अरुलाइ आक्रोस पोख्ने चलन गलत हो, यो चलनको पहिलो प्रहार महिला नै हुनु त पितृ सत्तात्मक समाजको नियति नै हो। इतिहासमा पहिलो चोटी महिला राष्ट्रप्रमुख  पाएका छौँ, हामि गर्ब गर्छौं, इर्स्याले ग्रसित मनस्थितिले हाम्रो लडाई लाई रोक्न सक्ने छैन।

दलीय ब्यबस्थामा दलहरु फुट्नु तथा जुट्नु सामान्य नै हो । हाल राजनीतिक रुपमा बिभाजन भएको नेकपाको फुट नेपालको राजनीतिमा पहिलो र अन्तिम होईन । यस अघि पनि झण्डै कुनै न कुनै रुपमा एक दर्जनभन्दा बढी पटक नेकपा फुटिसकेको छ भने पटक पटक जुटेको पनि छ । पार्टी एक हुदा चाटाचाट गर्न पछि नपर्ने नेताहरु फुटेपछि वा बिचार नमिलेपछि काटाकाट गर्नपछि पर्दैनन् । 

बिचार र कार्यशैली मन नपरेपछि अलग अगल हुनु र सिद्धान्तमा बहस गर्नु राजनीतिमा स्वभाबिक नै हो तर हाल नेकपाभित्रको बिवादमा दुबै तर्फका केही नेताहरुले एक अर्काप्रति ब्यक्तिगत बिषय, पारिवारिक सदस्यमाथिको टिप्पणी र चरित्रमाथि प्रश्न उठाउदै निकै तल्लो स्तरमा उत्रेर खोइरो खन्दै गर्दा आफनो नै शाख गिराएका छन् । दलभित्रको आन्तरिक राजनीतिमा शीतल निबासको सक्रियता हुनु हुदैन, त्यो सर्वमान्य शिद्धान्त नै हो । त्यसमाथि पनि संबैधानिक राष्ट्रपतिले झनै आफनो दायरमा बस्नुपर्छ त्यसमा पनि बिमति नहोला । नेपालका पहिला राष्ट्रपति डा रामबरण यादबले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको नेतृत्वले गरेको सेनापति परिवर्तन सम्बन्धी निर्णयबारे चालेको कदमलाई लिएर पनि निकै प्रश्न उठ्यो । त्यो घटना नेपलको राजनीतिको एउटा टर्निङ प्वाइन्ट समेत बन्यो । 

सरकारको निर्णय नमानेर राष्ट्रपतिले संविधान कुल्चेको भन्दै सडक तताएको तत्कालीन एमाओबादी केन्द्र तथा हाल नेकपा दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालको  नेतृत्वमा फेरि पनि सरकाको निर्णय राष्ट्रपतिले कार्यन्वयन गरेको भन्दै सडकमै छ । आखिर आफु अनुकुल राष्ट्रपतिले निर्णय नलिन यादब, भण्डारी र भोली राष्ट्रपति भए झाँक्रीहरुले भोग्ने नियति पनि यही नै हो । आखिर समाजको चरित्र र बर्ग जस्तो छ नेता पनि त्यस्तै हुने नै हो । एक अर्काप्रति कटाक्ष गर्न तथा तल्लो स्तरमा उत्रेर गाली गलौज गर्न बाहेक अन्य सकारात्मक कामका बारेमा मतदातासँग आखामा आखा जुधाएर कुरा गर्न सक्ने नेता निकै कम होलान् । 


नेपालको राजनीतिमा आफुले राम्रो गरेको उदाहरण दिनुभन्दा अरुलाई खराब देखाएर आफु राम्रो हुने प्रचलन नौलो होइन । हिजो राष्ट्रपति बन्नुअघि नेकपा एमालेकी उपाध्यक्ष रहनु भएकी राष्ट्रपति भण्डारी आज पनि उहाँको निर्णयमा चित्त नबुझ्ने समुहले सोही हैसियतमा आलोचना गरिरहेका छन् । एमालेमा हुदा ओली समुहका प्रभाबशाली नेत्री रहनुभएकी  राष्ट्रपति भण्डारीलाई नेत्री झाक्रिले बालकोटतिर बसाई सर्न पनि चेतावनी दिनुभएको छ । बालकोट प्रधानमन्त्री केपी ओलीको घर भएको स्थान हो । नेत्री झाक्रीको घर रहेको स्थानबाट केही पर मात्र रहेको राष्ट्रपति भण्डारीको नीजि निबासको बारेमा रामकुमारी जीलाई थापा नभएको होइन । तर उहाँले बालकोटमा जान सन्देश दिएर के संकेत गर्न खोज्नु भएको हो ? 

आफना समर्थकलाई वरपर राखेर ताली खाने लोभमा एकछिन हौसिँदा नेतृत्वले आफनो कद भने घटाइरहेको हुन्छ । तीन पटक प्रत्यक्ष निर्बाचित भइ संसदमा पुग्नुभएका राष्ट्रपति भण्डारी फेरि जनतामाझ हिजोको हेसियतमा जानुभयो भने फेरि परिक्षण त होला नै तर आफनै पूर्ब सहकर्मी तथा अग्रजप्रति गरेको टिप्पणीलाई लिएर नेतृ झाक्रीमाथि पनि प्रश्न त उठ्छन् होला नि ? पार्टी बिभाजनपछि नेपाल–दाहाल समुहले केन्द्रीय कार्यलयको रुपमा प्रयोग गर्दै आईरहेको पूर्ब एमाओबादीको केन्द्रीय कार्यलयमा पेरिशडाडामा आउन चुनौति दिदै उहाले आफुसंग चुनाब लड्ने हैसियत पनि भण्डारीको नभएका भन्दै एक कार्यकर्ता रेखा लोप्चनले पनि नेपालको जुनसुकै ठाउबाट हराउने अनुमान गर्नुभएको छ । 

बिघटित प्रतिनिधिसभामा समानुपातिक सदस्य रहनु भएकी झाँक्रीले एक संवैधानिक निकाय निर्बाचन आयोगले आफनो बार्षिक प्रतिबेदन बुझाउने क्रममा राष्ट्रपतिले ब्यक्त गरेको बिचारप्रति आक्रोस पोख्दै बडामहारानीको उपधि नै दिनुभएको छ । भोली प्रतिनिधिसभा पुन: स्थापना भए वा अर्को कुनै तहबाट नयाँ सरकार बन्ने अबस्था आएमा त्यो सरकार बडामहारानी समक्ष पुग्ला कि नपुग्ला वा रामकुमारीजी मन्त्री बनेमा बडामहारानीसम्म पुग्नु होला कि नहोला ?

यो प्रबृतिमा झाँक्री एकमात्र पात्र होईन समग्र असफल नेतृत्वको प्रबृति हो । प्रधानमन्त्री ओलीले पनि पटक पटक नहटाइएका पार्टी अध्यक्ष पुष्पकमल दाहालको परिबारप्रति छुद्र टिप्पणी गर्दै आउनु भएको छ । हिजो उहाहरु मिल्दा एकै घरमा परिबारका सदस्य जस्ता थिए, भात भान्सा धेरै पटक एकै ठाउमा  भएको छ । तर राजनीतिमा बिचार नमिल्दैमा लगातार छुद्र टिप्पणी भएपछि दाहल पुत्री एवं भरतपुर महानगरपालीका प्रमुख रेणु दाहालले प्रधानमन्त्रीले आफुहरु माथिथ हिंसा गरेको भन्दै सामाजिक सञ्जलमा आक्रोश पोख्नु भयो ।  यसअघि नेपाल–दाहाल समुहले गरेको एक कार्यक्रममा राष्ट्रपतिप्रति लक्षित गरेर अति नै तल्लो स्तरका शब्दहरुसहति आपत्तिजनक नारा समेत लगाइयो । हुनत त्यस्तो आपत्तिजनक काम यी नेताहरुबाट भयो होला भन्न सकिन्न । यदि नभएको हो भने पनि आन्दोलनका आयोजकले यो विषयमा क्षमा याचना पनि गरेको देखिएन । 

जुन विषयमा राष्ट्रियसभाको बैठकमा सांसद बिमला राई पौडेलले कडा आपत्ति जनाउदै राष्ट्रप्रमुखमाथि नेताहरुले हिंसा गरेको बताउनुभयो । निकै आलोचना भएपछि नेपाल–दाहाल समुहले लिखित नारा नै बाढेका थिए । राजनीतिमा सैद्धान्तिक बिमति राख्नु जायज नै हो तर पटक पटक चरित्रमाथि नै यसरी आँला उठाएर प्रश्न गर्दा बाँकी चार औँला आफुतिरै फर्किएका छन् भन्ने हेक्का चाहिँ नेताहरुले किन नगरेका होलान् ?