२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

चासो छैन जनतालाई, सुधारको आभास कहिकतैं देखिदैन्

चासो छैन जनतालाई, सुधारको आभास कहिकतैं देखिदैन्
अ अ+ अ-

न त प्रतिनिधीसभा विघटन भो भनेर आमजनतामा कुनै असन्तुष्टी देखिन्छ, न त आन्दोलनप्रति कुनै उत्साह। “तिमीहरु सवै एकै हौ”भन्ने चेत जनतामा आएको छ। अव मुख्य दलहरुका ६५ नाघेका नेताहरुले सन्यास नलिएसम्म नेपाली राजनीतिले जनउत्साह जगाउन नसक्ने देखियो। 

महारानी लगाएत आफ्नै दलका अधिकांस नेता साथीहरुले राजनीतिवाट सन्यास लिन गरेको आग्रह अस्विकार गर्दै आएका विन्सटन चर्चिललाई एक प्रख्यात चित्रकारले बनाईदिएको आफ्नो बुढ्यौली तस्विरले झस्काएपछि सन्यास लिएका थिए भनिन्छ। सुरुमा चित्र विगारेको भन्दै बेवकुफ भन्दै गाली गरेका चर्चिलले साथी चित्रकारको म बेवकुफ होईन तेरो उमेर नै क्रुर, धोकेवाज र बद्मास हो भन्ने जवाफले मुटुमैे छोएपछि पश्चाताप गर्दै राजनीति त्यागेका थिए भनिन्छ। 

पटक पटक चरम असफल भईसक्दा समेत आर्यघाट नपुर्याउञ्जेल राजनीति त्याग्न नचाहने नेताहरुको चरम धोका मुलुक र जनताले धान्न नसक्ने भईसकेको छ। अवपनि जनताले कठोर विकल्प नखोजे देश अर्काे भयानक अस्थिरतातर्फ जाने देखिदैछ । हरेक राजनीतिक परिवर्तनहरुवाट जनतामा खासै उत्साह नआउने विश्वका कम मुलुकहरुमा नेपालपनि पर्दछ ।

“झुठको निम्तो खाई पत्याउनु” भने जस्तो अनेक राजनीतिक परिवर्तनहरुवाट समेत मुलुकमा आर्थिक–सामाजिक परिवर्तनका खातिर न्युनतमपनि सकरात्मक परिवर्तन हुन नसकेपछि जनतामा चरम निराशा एवं राजनीतिप्रति नै व्यापक वितृष्णा आउनु स्वभाविकै हो । राजनीतिक वैज्ञानिक फ्रान्सिस फुकुवामाले लोकतन्त्रमा आन्तरिक संस्थागत सुधार एवं लोकतान्त्रिक संस्थाहरु बलियो भएनन भने लोकतन्त्र कमजोर हुन गई लोकतन्त्रको नाममा विभिन्न तत्वहरुले कुत्सित लाभ लिन्छन् भनेका छन्।

नेपालका राजनीतिक दलहरु एवं नेताहरुले लोकतन्त्रलाई मुलुक र जनताको मुहार फेर्ने भन्दापनि आफ्ना कुत्सित आकांक्षा पुरा गर्नमात्रै प्रयोग गर्दा जनतामा चरम वितृष्णा सिर्जना भएको हो। जुन सरकार वा प्रणाली वा पद्धती आएपनि केहीपनि नहुने रहेछ भन्ने धारणा जनतामा देखिन्छ। हुन पनि ओली सरकारको असफलतासँगै अव त हेर्नवाँिक कुनैपनि छैन् सवै उस्तै भन्ने जस्तो वितृष्णा छरपष्ट देखिन्छ। त्यसले गर्दा जनतामा न त प्रतिनिधीसभा विघटन भो भनेर कुनै चिन्ता झल्किन्छ न त आन्दोलनप्रति कुनै सहानुभूति । आन्दोलनप्रति त झन थोरै मात्रामा पनि जनतामा आकर्षण देखिएको छैन ्। 
लोकतन्त्रको विकल्प भनेको यो भन्दापनि उन्नत लोकतन्त्र हो र हुनुपर्छ । लोकतन्त्रमा राजनीतिक दलहरु, राजनीतिकर्मी एवं नागरिक समाजले आधारभूत सिद्धान्त, मान्यता, सहि अभ्यास एवं व्यावहारिकतामा सम्झौता नगरी मुलुक र जनतालाई केन्द्रमा राखेर जीम्मेवारीपूर्वक अगाडी बढेभने यस्ले सहि फल दिन्छ र लोकतान्त्रिक सुधारका साथै आमजनतामा आत्मविश्वास एवं नया जागरण निर्माण गर्छ। यो अवस्था भनेको मुलकमा लोकतन्क संस्थागत हुदैंछ, लोकतान्त्रिक संस्था एवं संरचनाहरुले बलियोसँग जरा गाड्दै छन् र आर्थिक–सामाजिक समृद्धितर्फ बैज्ञानिकढङ्गवाट काम भईरहेको छ भन्ने स्थिती हो। 

नेपालको लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउन प्रमुख भूमिका खेलेका अरु कोहि नभएर मुख्य दलहरु एवं यी दलहरुसम्वद्ध अत्यन्त व्यक्ति केन्द्रीत, चरम सत्तालिप्सा भएका र अदुरदर्शी नेताहरु नै हुन । उनीहरुकै कारण आज व्यवस्थाप्रति नै जनतामा चरम वितृष्णा आउनुका साथै भविष्यपनि अन्धकारै होकि जस्तो आभास भएको छ जनतामा ।

वर्तमान नेपाली लोकतन्त्रको दुर्भाग्य भनेकै यस्ले मुलुकमा केही हुँदैछ र दलहरु लागिपरिरहेका छन् भन्ने किसिमको जनतामा अलिकतिपनि आश्वस्त पार्न नसक्नु हो। त्यसकारणपनि वर्तमान राजनीतिक संकटवारे जनताले खासै चासो देखाउन नखोजेको हुन्। पटकपटकका असफलतावाट समेत पाठ नसिक्ने नेताहरुवाट अव केही होला भनेर आशपनि जनताले कसरी गर्न सक्छन् र?

-डा. बुद्धिप्रसाद शर्मा  चीनको सिचुवान प्रान्तस्थित लसान सहरमा रहेको  लसान नर्मल विश्वविद्यालयका सहप्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ ।  डा. शर्मा अन्तर्राष्ट्रिय राजनीति, कूटनीति, चीन–विश्व सम्वन्ध एवं दक्षिण एसियाली राजनीतिवारे चासो राख्नुहुन्छ ।