२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर
अ अ+ अ-

गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौँ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तनहुँ जिल्ला, दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदूर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन् । 

पर्वतका आठ मजदूर र बागलुङ, बडिगाड गाउँपालिका–१ जिमीका ३८ वर्षीय नुनबहादुर श्रीस दमौलीबाटै पैदल हिँडेर गृह जिल्ला आइपुगेका छन् । एक महिना १९ दिन लगाएर ठेक्कामार्फतको प्रहरीचौकी भवन निर्माणमा काम गरेका उनीहरु ठेकेदार भागेपछि अलपत्र परेका थिए । मङ्गलबार साँझ घरबेटीले आफूहरु बस्ने कोठामा ताल्चा लगाएपछि हिँडेर पर्वतका आठ साथी नयाँ पुलसम्म र आफू बागलुङसम्मै एक्लै हिँडेर आएको मिस्त्री श्रीसले बताउनुभयो । रामेछापका निर्माण व्यवसायी दिलीप राईले उनीहरुलाई काममा लगाएको प्रकाश बताउनुहुन्छ । 

काम सकेर रकम बुझ्ने बेलामा निर्माण व्यवसायी भागेकाले समस्यामा परेको उहाँको गुनासो छ । “ठेकेदारले खाना बस्नसहित दैनिक एक हजार रुपियाँ ज्याला दिने सहमतिमा एक महिना १९ दिन काम गरियो”, प्रकाशले भक्कानिँदै दुःखको फेहरिस्त सुनाउँदै भन्नुभयो, “हामी त सोझो मान्छे, पैसा देला भन्ने भयो, एक्कासि घरबेटीले ठेकेदार भागेको भन्दै कोठामा चाबी लगाए, गोजीमा एक रुपैयाँ दाम नभएका कारण भोकै हिँड्नुको विकल्प भएन ।” दमौली बजारको अस्थायी प्रहरीचौकी भवन निर्माण गरी नजीकै ठेकदारले दिएको कोठामा बस्दै आएका नौ मजदूर एक साथ पाँच दिन लगाएर घर फर्केका हुन् ।

 दमौलीबाट प्रहरीले पोखरा आउने गाडीमा चढाइदिए पनि केही यता आएपछि भाडा मागेर पैसा नभएपछि बीच बाटामै झारिदिएको उहाँको कथन छ । श्रीसले गाउँमै मजदूरीको काम गर्दै आए पनि दिनको रु एक हजार पाइने लोभले ठेकेदारका सम्पर्कमा आएर दमौली पुगेको बताउनुभयो । लगातार पाँच दिन कालोपत्र सडकमा पैदल हिँड्दा प्रकाशका पैताला फुटेका छन् । “पोखरामा पानी माग्दासमेत कसैले दिएनन्, बाटामा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्यौँ, माघको जाडोमा प्रतीक्षालयमा सुत्दै बागलुङ आइयो”, उहाँले भन्नुभयो । बागलुङ आएपछि शुक्रबारको रात बागलुङको बाङ्गेचौर–पर्वत पाङ जोड्ने लामो पुलमुनि रात कटाएको उहाँ बताउनुहुन्छ ।  

ठेकेदार राईले दिएको सम्पर्क नम्बरमा फोन लाग्दैन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक युवराज तिमिल्सिनाले आफूलाई कुनै जानकारी नभएकाले यस विषयमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा धेरै प्रहरी बिट तथा चौकी निर्माणका चरणमा रहेकाले कुन भन्ने पत्ता लगाउनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँमा ठेकेदार भागेर मजदूरलाई अलपत्र पारेको कुनै गुनासो उजूरी नआएको उहाँको जिकिर छ । यद्यपि दमौलीमा दुई स्थानमा प्रहरी भवन बन्दै आएको र अहिले कामदार तथा ठेकेदार दुवै नभएकाले ठेकेदार सम्पर्कमा आउनासाथ जानकारी लिइने उहाँले बताउनुभयो । 

दमौली शेरास्थित खैरेनी प्रतीक्षालयमा पहिलो दिन, पोखराको गगनगौंडामा दोस्रो रात, घट्टेखोलामा तेस्रो रात र बागलुङ जिल्लाको प्रवेशद्वार शहीदपार्कमा चौथो रात कटाएर बागलुङ बजार आएको श्रीसले बताउनुभयो । बिहान पानी माग्दै हिँडेपछि सोधखोज गर्ने क्रममा समस्याका बारेमा जानकारी भएको नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले बताउनुभयो । “खर्बाङ पुग्न हिँडेर कति समय लाग्छ भनेर सोध्नुभो, अनि अहिले त गाडी चलेकै छ, किन सोध्नू भो भनेर चासो राखेपछि मजदूरको दुर्दान्त कथाको भित्री पाटो खुल्यो”, शिरीषले भन्नुभयो,“त्यसपछि खुट्टा फुटेका छन्, सुन्निएको छ, हिँडेरै खर्बाङ पुग्ने अवस्था नभएपछि खाजा, खाना र यातायात खर्च व्यवस्था गरेर घर पठाएका छौं ।” पैसा नभएको बैंकको चेक दिएको र मजदूरलाई दिएको सास्तीबारे थप खोजी र पहल गरिएको उहाँको भनाइ छ । खेमराज गौतम /रासस