५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाविरुद्ध नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्दै



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

ओमनमा जारी प्रिमियर कपमा मलेसियाका कप्तानले पहिला टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल मलेशियालाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

नेपाल उपाधि रक्षा गर्ने लक्ष्यसहित ओमान पुगेको छ । नेपालले शनिबार कतारको सामना गर्दै छ भने बैशाख ३ गते हङकङ र बैशाख ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको समूह ए मा नेपालसहित मलेशिया, साउदी अरेबिया, कतार र हङकङ छन् । त्यस्तै समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।

प्रिमियर कपको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

नेपालको प्लेइङ ११:

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा

बेन्चस् प्रतिश जिसी, अनिल शाह, विवेक यादव




भर्खरै