काठमाडौ । नेपाली सेनाले सोमबारराती वख्तरवन्द सबारी साधन चक्रपथ क्षेत्रमा घुमाउने भएको छ । सैनिक प्रबक्ता सन्तोष बल्लब पौडेलका अनुसार सेनाको नियमित अभ्यास अनतरगत माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको बताउनु भयो।
त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि उहाले जानकारी गराउनु भयो ।











