१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् अधिवेशन अन्त्य गरिँदै, कानुन जति अब अध्यादेशबाट



संघीय संसद। फाईल फोटो
अ+ अ-

काठमाडों । सरकार र विपक्षी दलबीच विवाद बढ्दै गएपछि संसद अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । आगामी वैशाखको १६ र १७ गते हुने लगानी सम्मेलनका लागि चाहिने आवश्यक कानुन संशोधन भने अध्यादेशबाट ल्याउने सरकारको तयारी छ ।

सहकारीको रकम हिनामिचा प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन प्रमुख प्रतिपक्ष दल कांग्रेससँगै राप्रपा र सत्तारूढ दलहरूभित्रबाट समेत दबाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्यको तयारी गरेको हो ।

नेपाली कांग्रेसले एक महिनादेखि संसद्मा गतिरोध जारी राखेको छ । तर यो गतिरोध फुकाउनभन्दा सरकार सदन अन्त्य गरेर अध्यादेशको तयारीमा जुटेको हो ।

सभामुख देवराज घिमिरेले वैशाख २ गतेका बैठक बोलाएका छन् । तर आजै बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सम्भावना रहेको एक मन्त्रीले बताए । कांग्रेसले संसद् सञ्चालनमा अवरोध गरिरहे अधिवेशनको समय मात्र बढाएर केही नहुने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कमा देशभरका कम्तीमा ६ सहकारीबाट करिब १ अर्ब बचत सारेको विषयमा छानबिन गर्न कांग्रेसले दबाब बढाएको छ । तर सत्तापक्ष संसदीय समिति गठनको पक्षमा देखिएको छैन  ।

संसद्को चालु अधिवेशन माघ २२ गतेबाट सुरु भएको हो । सरकारको उच्च प्राथमिकतामा रहेको संघीयता कार्यान्वयन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सम्बन्धित विधेयकहरूसमेत संसद्मा छलफल हुन सकेका छैनन् ।