२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

तपोवनमा भोलि ओशो महोत्सव हुँदै

तपोवनमा भोलि ओशो महोत्सव हुँदै
अ अ+ अ-

काठमाडौं । नयाँ वर्षका अवसरमा तपोवनमा ओशो महोत्सव हुने भएको छ । अघिल्ला दुई वटा नयाँ वर्षका अवसरमा टुंडिखेलमा ओशो महात्सव गरिएकोमा यस पटक भने तपोवनमा गर्न लागिएको हो । ‘ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युन, नागार्जुन हिल्समा’ ओशो महोत्सव हुने छ ।

‘ओशो तपोवन जाऊँ, नयाँ वर्ष मनाऊँ’ भन्ने नाराका साथ २०८१ वैशाख १ गते, बिहान ११:३० बाट सुरु हुने महोत्सव राति ८ बजे समापन हुनेछ । उक्त अवसरमा कलाकारहरू मनोज गजुरेल, सत्यराज आचार्य, स्वरूपराज आचार्य लगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।

ओशो साहित्य प्रदर्शनीमा ओशोका पुस्तकहरू विशेष छुटमा उपलब्ध गराइने छ । त्यस्तै फुड फेस्टिवलको पनि आयोजना गरिएको छ । प्रवेश नि:शुल्क रहेको उक्त महोत्सवमा सन्यासी लगायत सर्वसाधारणलाई पनि निमन्त्रणा गरिएको छ ।

वर्षको पहिलो दिन ध्यान गरेर बिताए बाँकीका दिनहरू ध्यानमय हुनेछन् भन्ने मान्यतालाई अङ्गीकार गर्दै ओशो तपोवनले वर्षको पहिलो दिन यस महोत्सवको आयोजना गर्ने गरेको हो ।

महोत्सवमा ध्यानका विभिन्न प्रयोगहरू गरिनेछन् । ओशोका ध्यान विधिहरू सरल हुने भएकाले पहिलोपटक ध्यानको स्वाद लिन चाहनेले पनि यस दिनलाई ध्यान सिक्ने अवसरको रूपमा लिन सक्नुहुन्छ । तपोवनका संस्थापक आचार्य बोधिसत्व स्वामी आनन्द अरुणज्यूले ध्यानका प्रयोगहरू गराउनुहुनेछ भने ओशोको ऊर्जा दर्शनको महसुस गर्ने अवसर पनि मिल्नेछ ।

रजनिश ओशो जीवित छँदा पुनास्थित आश्रममा वर्षको तीन दिन विशेष कार्यक्रम हुने गर्दथ्यो । ओशोको जन्मदिवस ११ डिसेम्बर, त्यस्तै उहाँको निर्वासन दिवस २१ मार्च साथै गुरुपूर्णिमाको दिन त्यहाँ ध्यान, उत्सव लगायत विविध साङ्गीतिक कार्यक्रमहरू हुने गर्दथ्यो ।

ओशोको देहान्त पछि केही वर्षसम्म यी दिनहरूमा कार्यक्रम हुने गर्दथे । साथै ओशोको महापरिनिर्वाण दिवस १९ जनवरी मा पनि विशेष कार्यक्रम हुने गर्दथ्यो । विश्वभरि फैलिएका ओशोका सन्यासीहरु भेला हुने अवसरका रूपमा यी दिनहरू विशेष हुने गर्दथे ।

सामूहिक ध्यान तथा प्रार्थना गरी धेरैभन्दा धेरै मानिसलाई प्रेमपूर्ण जीवन जिउन सिकाउने अवसरको रूपमा यस्ता महोत्सवहरूको आयोजना गर्ने गरिएको हो । त्यस अवसरमा ओशोका प्रवचन तथा बृहत ओशो साहित्य प्रदर्शनी हुने गर्दछ ।

नेपालमा केही वर्षयता ओशो महोत्सव सुरु गरिएको हो । ओशो तपोवन, काठमाडौँले नेपालमा ओशो महोत्सव को आयोजना गर्ने गरेको हो । विगतका दुई वर्ष टुँडिखेलमा गरिएको ओशो महोत्सवमा उत्साहजनक सहभागिता रहेको थियो ।

जसमा सन्यासी लगायत सर्वसाधारणको पनि हजारौंको संख्यामा उपस्थित थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरू साथै राजनीतिक एवं प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

गतवर्ष २०८० वैशाख १ गतेको कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादवले बोधिसत्व स्वामी आनन्द अरुणको पुस्तक Mystics and Miracles अनावरण गर्नुभएको थियो । त्यस्तै नेपाली सांगीतिक समूह ’कुटुम्ब’ को पनि विशेष प्रस्तुति रहेको थियो ।