१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनलाई भाग पुर्‍याउन गण्डकीमा खगराजले फुटाए मन्त्रालय



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनलाई भाग पुर्‍याउन गण्डकी प्रदेश सरकारले २ मन्त्रालय फुटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि ७ मन्त्रालय रहेकोमा २ मन्त्रालय थपेर ९ वटा बनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री खगराज अघिकारीले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरेका हुन् । सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् मातहतको आन्तरिक मामिलालाई टुक्र्याएको हो ।

गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ पुष २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर ७ वटा मन्त्रालय बनाएका थिए।