२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनलाई भाग पुर्‍याउन गण्डकीमा खगराजले फुटाए मन्त्रालय



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनलाई भाग पुर्‍याउन गण्डकी प्रदेश सरकारले २ मन्त्रालय फुटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि ७ मन्त्रालय रहेकोमा २ मन्त्रालय थपेर ९ वटा बनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री खगराज अघिकारीले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरेका हुन् । सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् मातहतको आन्तरिक मामिलालाई टुक्र्याएको हो ।

गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ पुष २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर ७ वटा मन्त्रालय बनाएका थिए।