• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   ७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण ★   स्वास्थ्यमा सुधार नआएपछि कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी ★   मेरो र आफ्नो मान्छे खोज्ने परिपाटीको अन्त्य हुनुपर्छ: उपाध्यक्ष शाक्य ★   संसदीय छानबिन समितिको टीओआर प्रधानमन्त्रीलाई हस्तान्तरण ★   टीओआरमा ४ बुँदे सहमति (पूर्णपाठसहित) ★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

मुनवर फारुकीमाथि अण्डा प्रहार



एजेन्सी । मुनवर फारुकीमाथि अण्डा प्रहार भएको छ । ‘बिग बोस १७’ को विजेता समेत रहेका फारुकीमाथि अण्डा प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अप्रिल ८ मा मुनवरलाई मिनारा मस्जिदको एक रेस्टुरेन्टमा इफ्तारीको लागि निम्तो दिइएको थियो । तर, उनी नजिकैको अर्को ठाउँमा खाना खान गए। यो देखेर रेष्टुरेन्ट मालिक रिसार मुनव्वरमाथि अण्डा फालेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा मुनवर रेस्टुरेन्ट मालिकसँग आक्रोशित देखिएका छन्। उनको वरिपरि ठूलो भीड जम्मा भएको छ। मुनव्वरलाई उनका सुरक्षा गार्डले पक्रेको देखिन्छ ।

ईटाईम्स रिपोर्ट अनुसार, रेस्टुरेन्ट मालिक र उनका पाँच कर्मचारी सदस्यहरू विरुद्ध उजुरी दर्ता गरिएको छ। यस विषयमा मुनवरको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

केही दिन अघि मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर मुनवर र अन्य १३ जनालाई हिरासतमा लिएको थियो । उनीहरु सबैलाई सोधपुछपछि छाडिएको थियो ।

अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर रु चार हजार चार सय नगद र १३ हजार ५ सय बराबरको ९ थान हुक्का बरामद गरेको थियो ।

मुनवरले पहिलो पटक २०२२ मा कंगना रनौतको रियालिटी शो ‘लक अप’ मा भाग लिएका थिए । उनी यसको सिजन १ को विजेता पनि थिए।