६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनिया विश्वविद्यालयको सँस्कृत मोह



अ+ अ-

काठमाडौं: विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चिनको बेइजिङ्ग फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार बाल्मीकि विद्यापीठ पुगेको छ । यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय सँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोलीे बुधबार नेपाल सँस्कृत विश्वविद्यालय सँग सम्झौता गर्न बाल्मीकि पुगेको हो।

नेसंवि उपकुलपति प्राध्यापक डा. यादव प्रकाश लामिछाने तथा बेइजिङ्ग फरेन स्टडी युनिभर्सिटीको परिषद् अध्यक्ष प्राध्यापक डा. वाङ्ग डिङ्ग हुवाबीच सहकार्य सम्बन्धी पाँच बु्ँदे सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता अनुसार नेसंवि र बेइजिङ्ग फरेन स्टडी युनिभर्सिटी बीच विद्यार्थी आदान प्रदान गरिने छ । साथै दुवै विश्वविद्यालयहरुले एक अर्काका प्राध्यापकहरु, प्राज्ञिक व्यक्तित्वहरु तथा शैक्षिक प्रशासनका अधिकारीहरुलाई समेत एक अर्कोमा आदन प्रदान गर्नेछन् ।

यसैगरी दुवै विश्वविद्यालयले संयुक्त रुपमा डिप्लोमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम समेत सञ्चालन गर्ने छन् । सम्झौता अनुसार दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्ररुमा संयुक्त अनुसन्धान गर्न समेत सहकार्य गर्नेछन् । यसै गरी दुवै विश्वविद्यालयसँग रहेको शैक्षिक सामग्रीहरु र शैक्षिक सूचना समेत आदन प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौता कार्यान्वयनका लागि दुई विश्वविद्यालयबीच थप गृहकार्य गरिने, सम्झौता कार्यान्वयनसम्बन्धी आर्थिक पक्षमा छुटै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुटै सम्झौता गरिने पनि सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुने पनि सम्झौता पत्रमा उल्लेख छ । हस्ताक्षर कार्यक्रममा बोल्दै चिनिया विश्वविद्यालय परिषदका अध्यक्ष प्राध्यापक ड हुवाले सम्झौताले दुई विश्वविद्यालयबीच मात्र नभई नेपाल र चिनबीचकै दौत्यसम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो ।

विश्वका एक सय ८५ देशका प्रमुख विश्वविद्यालयहरुसँग बेइजिङ्ग फरेन स्टडी युनिभर्सिटीले यस प्रकारको सम्झौता गरिसकेको उहाँले बताउनुभयो । प्राध्यापक डा. हुवाले दुइ्र्र विश्वविद्यालयबीच गहन सहकार्यका लागि दुवैले प्राज्ञिक ज्ञानको आदान प्रदान सुरु गर्नु पर्ने र एक अर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत पनि सुरु गर्नुपर्ने बताउनुभयो । यसैगरी अनुसन्धानको क्षेत्रमा समेत दुवै विश्वविद्यालयबीच सहकार्य गरिनुपर्ने धारणा उहाँको थियो ।

चिनिया विश्वविद्यालयले सँस्कृत र पाली भाषामा अधययन गर्ने तर्फ विशेष रुचि देखाएको उहाँले बताउनुभयो। सँस्कृत भाषाको अध्ययन अध्यापनका दृष्टिले नेसँविको महत्व विश्वव्यापी रहेको धारणा पनि उहाँको थियो

नेसँवि उपकुलपति लामिछानेले सँस्कृत भाषा प्रति चिनियाँ प्राज्ञहरुको मोह सम्मान योग्य भएको बताउँदै । दुई विश्वविद्यालयबीच आगामी दिनमा गहन सहकार्य हुने विश्वास उहाँको थियो ।

सम्झौता हस्ताक्षर समारोहमा बेइजिङ्ग फरेन स्टडी युनिभर्सिटीका तर्फबाट अध्यक्ष हुवाका साथमा एसियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष छू ए, निर्देशक हे जेङ्ग र त्रिभुवन विश्वविद्यालय स्कुल अफ एसियन स्टडिजकी निर्देशक जिङ्ग युन उपस्थित थिए ।रासस