१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईद–उल–फित्रको उत्सब-फोटो फिचर



अ+ अ-

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) पर्व मनाउँदै छन् ।रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा भएपछि पछि उनीहरुले आज इद बनाउन लागेका हुन् । रोजा ब्रत सकिएपछि ‘ईद–उल–फित्र’ मनाउने चलन छ ।

मुस्लिम समुदायले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा गएर गर्ने चलन छ । केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढ्ने गर्दछन् । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो ।

यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन् ।यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन् ।इदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

फोटो- रासस