२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईद–उल–फित्रको उत्सब-फोटो फिचर



अ+ अ-

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) पर्व मनाउँदै छन् ।रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा भएपछि पछि उनीहरुले आज इद बनाउन लागेका हुन् । रोजा ब्रत सकिएपछि ‘ईद–उल–फित्र’ मनाउने चलन छ ।

मुस्लिम समुदायले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा गएर गर्ने चलन छ । केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढ्ने गर्दछन् । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो ।

यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन् ।यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन् ।इदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

फोटो- रासस