१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि

कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि
अ अ+ अ-

कञ्चनपुर । पछिल्लो १० वर्षमा कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ । कञ्चनपुरको जनसङ्ख्या २०६८ सालभन्दा २०७८ मा एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको हो ।

विसं २०६८ मा चार लाख ५१ हजार २४८ रहेको कञ्चनपुरको जनसङ्ख्या विसं २०७८ मा पाँच लाख १७ हजार ६४५ पुगेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४३ हजार ५९८ पुरुष र दुई लाख ७४ हजार ४७ महिला रहेका छन् । 

राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार कञ्चनपुरमा लैङ्गिक अनुपात ८८ दशमलव ८९ प्रतिशत रहेको छ भने परिवारको औषत आकार ४ दशमलव ६३ प्रतिशत, जनघनत्व ३२२ र अनुपस्थित जनसङ्ख्या ६६ हजार ७८ ९३ दशमलव ०५० रहेको छ ।  सबैभन्दा बढी जनसङ्ख्या भीमदत्त नगरपालिकामा एक लाख २३ हजार ३१६ रहेको छ । तीमध्ये ५९ हजार ४०० पुरुष र ६३ हजार ९१६ महिला रहेका छन् । सबैभन्दा कम जनसङ्ख्या बेलडाँडी गाउँपालिकामा नौ हजार ९३९ पुरुष र १२ हजार १०२ महिला गरी कूल २२ हजार ४१ रहेको छ । 

यसैगरी कृष्णपुर नगरपालिकाको जनसङ्ख्या ७२ हजार ५०१ रहेको छ  । तीमध्ये ३४ हजार ३४७ पुरुष र ३८ हजार १५४ महिला रहेका छन्  । पुनर्वास नगरपालिकाको जनसङ्ख्या ६१ हजार ६२८ रहेको छ । तीमध्ये २८ हजार २८६ पुरुष र ३३ हजार ३४२  महिला रहेका छन् । बेदकोट नगरपालिकाको २७ हजार ५५ पुरुष र ३१ हजार १९५ महिला गरी कूल ५८ हजार २५० जनसङ्ख्या रहेको छ । 

शुक्लाफाँटा नगरपालिकाको जनसङ्ख्या ५४ हजार ३७९ पुगेको छ । तीमध्ये २४ हजार ९४८ पुरुष र २९ हजार ४३१ महिला रहेका छन् । बेलौरी नगरपालिकाको जनसङ्ख्या ५३ हजार ९१८ रहेको छ । तीमध्ये  २५ हजार ५२६ पुरुष र २८ हजार ३९२ महिला रहेका छन् । दोधाराचाँदनी नगरपालिकाको १९ हजार २५४ पुरुष र २४ हजार २३२ महिला गरी कूल ४३ हजार ४८६ जनसङ्ख्या पुगेको छ । लालझाडी गाउँपालिकाको जनसङ्ख्या २५ हजार २७१ पुगेको छ । तीमध्ये १२ हजार २८२ पुरुष र १२ हजार ९८९ महिला रहेका छन् । रासस