२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

सावधान ! कहिले नगर्नुहोस् यी ७ गल्ति, स्वास्थ्यमा हुन्छ गम्भीर असर

सावधान ! कहिले नगर्नुहोस् यी ७ गल्ति, स्वास्थ्यमा हुन्छ गम्भीर असर
अ अ+ अ-

एजेन्सी । मान्छेले आधा जीवन त सुतेरै बिताउँछ भनने तथ्य रहेको छ। निद्रा जीवनलाई गतिशील बनाउनका लागि जरुरी पनि छ । गहिरो निन्द्रा र आरामदायी सुताइ नै अर्को दिनका लागि ऊर्जा हुन् । यही सुताइ बिग्रियो भने दैनिकी मात्रै खलबलिदैन, स्वास्थ्यमा समेत गम्भीर हानी पुर्याउँछ। एक अध्ययन अनुसार विश्वमा २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै कारण सुत्न सक्दैनन् । त्यस्तै ३९ प्रतिशत मानिस मात्रै आरामसँग सुत्ने गर्छन् । सुत्दा गर्ने सामान्य केही गल्ती यस्ता छन्ः

राति कफी पिउनेः कफिन आफैमा उत्तेजक पदार्थ हो । अलि कडा कफी खाएर सुत्दा कफीले सुताईको न्युरो ट्रान्समिटरलाई अवरोध गरिदिन्छ र इन्सोमेनिया निम्त्याइदिन्छ । त्यस्तै पकाएको चिनीले सुत्ने समयमा हर्मन नियन्त्रण गर्ने अंगलाई दबाब दिन्छ जसका कारण तपाईलाई रातभर निन्द्रा नआउन सक्छ । तसर्थ रातको समयमा कफी नपिउनुहोस् । बेडमा जानु अघि त कदापी नपिउनुहोस् । बरु ट्राइफटोफान भएको खानेकुरलाई रातीको स्नायाक्सको रुपमा लिनुहोस् । दही, दुध, केरा, अण्डामा अत्याधिक मात्रामा ट्राइपटोफान हुन्छ । सेरोटोनिन उत्पादन गर्न शरिरलाई एमिनो एसिडको आवश्यकता पर्छ जसले निन्द्राको चक्रलाई नियन्त्रण गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्छ ।

झुलेर बस्नेः झुल्ने विषयमा विभिन्न धारणाहरु रहेका पाइन्छन् । झुल्दा पनि केही मात्रामा सुत्न सकिने विभिन्न विज्ञहरुले बताएका छन् तथापी यो गलत धारणा हो । झुलेर बस्नु समयको बर्बादी हो । किनकी टेबुलमा उँघेर वा झुलेर आफ्नो निन्द्रा पुरा गर्न सकिँदैन ।

पालेको जनावरसँग सुत्नेः एउटा अध्ययन अनुसार पालेको जनावरलाई सँगै राखेर सुत्ने मानिसहरुमध्ये ६३ प्रतिशत मस्तसँग सुत्न सक्दैनन् । तसर्थ सुत्दा जहिले पनि पालेको जनावरलाई सँगै राखेर नसुत्नुहोला । यदि यी जनावरहरुले अत्यधिक घुर्छन् भने भेटनरी चिकित्सकको सहयोग लिनुहोस् । यी जनावरको र्याल र अन्य रोग मानिसमा सर्ने भएकोले पनि सँगै सुत्नु निन्द्रा मात्रा होइन स्वास्थ्यको हिसाबले पनि हानिकारक मानिन्छ । 

अलार्म लगाउनेः कतिपयले अलार्म लगाएर मध्ये रातमा निन्द्राबाट ब्युतिएर आफ्नो काम सकेर फेरि सुत्ने गर्छन् । विशेषगरी कलाकार, साहित्यकार तथा लेखकहरुले यस्तो गर्ने गर्छन् । तर यस्तो ‘ब्रोकन स्लिप’ले मानिसको स्वास्थ्यमा गम्भिर असर गर्छ । यस्तो सुताईले तपाई पूर्णरुपमा सुतेको अनुभूति गर्न सक्नुहुन्न । यसरी सुत्दा तपाईले अर्को छुट्टै सुत्ने चक्रको तयार गर्नुहुन्छ जुन अपूर्ण हुन्छ जसका कारण दिउसोभर तपाई कमजोर अनुभव गर्नुहुन्छ । तसर्थ मध्येरातमा अलार्म नबजाउनुहोस् । जरुरी काम छ भने पनि ठीक उठ्ने समयमा मात्र अर्लाम लगाउनुहोस् । सकभर आफैं ब्युतने प्रयास गर्नुहोस् ।

अत्यधिक मदिरा सेवनः कतिपय अत्यधिक मदिरा पिएर सुत्ने गर्छन् । मदिरा सुत्दा निन्द्रा नलाग्ने होइन । तर, यसरी सुतेको निन्द्रा बहोसमा ढले जस्तो हुन्छ र भोलिपल्ट टाउको गह्रुंगो हुन्छ । मदिरा सेवन गरेर सुत्दा प्राय मानिसले सपना नदेख्ने पनि यही कारण बताइन्छ । तसर्थ सुत्न जाने बेलामा कहिल्यै पनि मदिरा सेवन नगर्नु उपर्युक्त हुन्छ । एक युनिट मदिरा प्रोसिस गर्न शरिरलाई सामान्यतया १ घन्टा लाग्ने गर्छ । सुत्ने बेलामा बरु मदिराको सट्टा हर्बल टी लिनुहोस् ।

बेडमा प्रविधिको प्रयोगः एक अध्ययन अनुसार सुत्नुभन्दा अगाडि ७८ प्रतिशत मानिसले स्मार्ट फोन, ट्याबलेट, ल्यापटप इत्यदिको प्रयोग गर्छन् । तर, यी उपकरणहरुबाट उत्पादन हुने निलो प्रकाशले सुत्नका लागि सहयोग गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्न ढिलाइमात्र होइन कतिपय अवस्थामा उत्पादनै गर्दैैनन् । तसर्थ बेडमा जाने बेलामा यी समानमा कफ्र्युु लगाउनुहोस् ।

टेलिभिजन खोलेर सुत्नेः ३८ प्रतिशत मानिसहरु बेडमा सुतेरै टेलिभिजन हेर्ने गर्छन् । तर, टेलिभिजन खोलेर सुत्दा तपाई भोलिपल्ट विहान ढिलो उठ्ने सम्भावना त छँदैछ तपाईको निन्द्रामा पनि असर गर्छ । यसरी सुत्दा तपाईको सुताईको चक्रमा गम्भीर असर गर्नुका साथै गहिरो सुत्न सक्नुहुन्न । कहिलेकाही बत्ति जाने र मध्यरातमा बत्ती आउँदा तपाईको निन्द्रामा नै झस्कन सक्नुहुन्छ ।