२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको नियतमाथि छानविन गर्न समिति बनाऔँ: प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानविन अगाडी नबढाएको विषयमा काँग्रेसमाथि नै छानविन गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानविन भएन भनेर प्रश्न गर्नुभएको हो । उहाँले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै काँग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको बताउनु भयो । सरकारमा हुँदा जनताहरु सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देखेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसद प्रक्रिया विधि स्थापित मान्यताबाट चल्छ । स्थापित विधि र मान्यतालाई धज्जी उडाउँदै प्रमुख प्रतिपक्षले यसरी संसदका महत्वपूर्ण बिजनेसहरु, महत्वपूर्ण कामहरुलाई अवरोध गर्नेगरी जे कामहरु गरिराख्नुभएको छ । विधि स्थापित गर्ने ठाउँबाट विधिलाई सत्यनाश गर्ने, विधिलाई समाप्त पार्ने काम हुँदैछ । दु:खद् कुरा हो । प्रमुख प्रतिपक्षले आफ्ना आन्दोलनका रुपहरुलाई बदल्नुपर्छ । सांसदको कानून बनाउने मुख्य अभिभारा वा जिम्मेवारी अवरोध नगर्नका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गर्न चाहन्छु । यो संसदबाट समिति बनाउने नै हो भने पहिलो कुरा सरकारमा हुँदा काँग्रेसले किन बद्नियत राखेर दोषिका बारेमा, प्रश्न उठेका व्यक्तिका बारेमा अनुसन्धान गर्न चाहेन ? प्रक्रिया अगाडी बढाउन चाहेन ? त्यो नियतको बारेमा अध्ययन र अनुसन्धान गर्न समिति बनाउनुपर्छ । सरकारबाट बाहिर आउनेबित्तिकै प्रतिशोध साँध्नका लागि, सरकारबाट हट्ने बित्तिकै सहकारीबाट धेरै जनताहरु ठगिएका रहेछन् भनेर देख्ने ? सरकारमा हुँदा पट्टी बाँधेर हिँड्ने ।’

उहाँले काँग्रेसले संसदको स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद अवरुद्ध गरेको बताउनु भयो ।




भर्खरै