४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

पतञ्जली विज्ञापन प्रकरणमा रामदेव–बालकृष्णको माफी अस्वीकृत, कारबाहीका लागि तयार हुन आदेश

पतञ्जली विज्ञापन प्रकरणमा रामदेव–बालकृष्णको माफी अस्वीकृत, कारबाहीका लागि तयार हुन आदेश
अ+ अ-

एजेन्सी । बुधवार भारतको सर्वोच्च अदालतले पतञ्जलीको विवादास्पद विज्ञापन मुद्दामा बाबा रामदेव र बालकृष्णको दोस्रो माफी पनि खारेज गरेको छ ।

न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासले पतञ्जलीका वकिल विपिन सांघी र मुकुल रोहतगीलाई जानाजानी अदालतको आदेशको उल्लंघन गरेको भन्दै कारबाहीका लागि तयार रहन समेत भनेको छ ।

यसअघि अप्रिल २ मा सोही इजलासमा भएको सुनुवाइमा पतञ्जलीको तर्फबाट माफी मागिएको थियो । त्यस दिन पनि इजलासले पतञ्जलिलाई हप्काउदै यो माफी माग पूरा गर्नका लागि मात्रै भएको बताएको थियो । यसपछि अदालतले १० अप्रिलमा सुनुवाइको मिति तोकेको थियो ।

अप्रिल ९ मा, सुनुवाइको ठीक एक दिन अघि बाबा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले नयाँ पत्र दायर गरे । जसमा पतञ्जलीले बिनाशर्त माफी मागेको र यो गल्तीप्रति पश्चाताप भएको र यस्तो दोहोरिने नहुने बताएका थिए ।

भारतीय मेडिकल एसोसिएशन (आईएमए) द्वारा १७ अगस्त, २०२२ मा दायर गरिएको याचिकाको सर्वोच्च अदालतले सुनुवाई गर्दैछ । पतञ्जलीले कोभिड खोप र एलोप्याथी विरुद्ध नकारात्मक प्रचार गरेको उल्लेख छ । यसै क्रममा आफ्नै आयुर्वेदिक औषधिले केही रोग निको हुने झुटो दाबी समेत गरेको आरोप लागेको छ ।