• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   स्याङ्जामा पहिराेमा पुरिएर तीनजनाको मृत्यु ★   तनहुँमा पहिराेमा परी तीन बेपत्ता ★   एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने ★   रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै ★   पार्टी पंक्तिलाई माधव नेपालको निर्देशन: एमालेसँग विद्रोहको औचित्य पुष्टि भएन भन्नेको प्रतिवाद गर्नूस् ★   मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त ★   काँग्रेसले भन्यो: संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छ, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैनौँ ★   ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध ★   रविमाथि भीम रावलको कटाक्षः भयंकर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन् ★   पहिराको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन

बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ ‘अवैधानिक तरिका’ले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आरोप पत्रमा थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको जनाएको छ ।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारको दाबी छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

थापा लगातार दुई कार्यकालका लागि माओवादी केन्द्रबाट निर्वाचित नगर प्रमुख हुन् । थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

qitvMz