• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि…

सहकारी ठगिको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्छ: प्रमुख सचेतक शाही



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले सहकारीमा लाखौँ मानिसहरु पीडित भएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले यसअघि पनि संसदबाट संसदीय छानविन समिति बनेको उल्लेख गर्दै अब पनि संसदीय छानविन बनाउनुपर्ने बताउनु भयो । उहाँले मंगलवार (हिजो) राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रालयको निर्देशनमा आफूमाथि कुटपिट भएको बताउनु भयो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उहाँले आज आफूमाथि उनै गृहमन्त्रीले कुटपिट गराएको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेको यसप्रकारको कदमको भत्र्सना गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माईतीघर मण्डला निषेधित गराउनुभएको छ । आज भद्रकालीको मन्दिरसम्म निधेषित बनाउनुभएको छ । यो देशको संविधान ठुलो कि गृहमन्त्री ठूलो ? नेपालको संविधानले स्पष्ट भनेको छ, शान्तिपूर्ण रुपमा कुनैपनि मान्छेले, कुनैपनि समूहले, कुनैपनि दलले आफ्नो मत राख्न पाउँछन् । निषेधाज्ञा कहाँ गर्ने भन्ने थाहा छ कि छैन ? भोलि सभामुख र हामी सांसदहरुको घर पनि निषेधाज्ञा बन्देला । बाथरुम पनि निषेधाज्ञा बन्देला ।’

‘सिंहदरबार निषेधाज्ञा हो, संसद भवन, राष्ट्रपति कार्यालय निषेधाज्ञा हो । रत्नपार्क निषेधाज्ञा हुन्छ ? भृकुटीमण्डप निषेधाज्ञा हुन्छ ? भद्रकालीको मन्दिर निषेधाज्ञा हुन्छ ? यस्तो गरेर उहाँहरुले जघन्य अपराध, निर्ममतापूर्वक हिजो उहाँहरुले हाम्रो कार्यकर्तालाई मात्रै कुटपिट गर्नुभएन । पूर्व गृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । हिजो मलाई गृहमन्त्रालयको आदेशमा डिएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो । यसलाई कालो दिनमा रुपमा हामीले हेरेका छौँ । सुशासन मुखमा होइन व्यवहारमा गर्नुस् । सहकारीमा लाखौँ मानिसहरु पीडित छन् । छानविन समिति बनाऔँ । पहिला पनि हामीले छानविन समिति बनाएको हो । अब पनि बनाऔँ ।’

प्रमुख सचेतक शाहीले ०४७ सालपछिका सार्वजनिक व्यक्तिहरुको सम्पती छानविन गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिनुभयो ।