१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday
Latest
‘वैशाखको अन्तिमसम्ममा संसदबाट शिक्षा विधेयक पारित हुन्छ’ रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण एनआरएनएको एकता महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्चले दियो मिसिल झिकाउने आदेश पहलगाम आतंकवादी हमलामा संलग्न तीन आतंककारीहरूको स्केच जारी नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट-फोटोफिचर धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो भारतीय विद्युत् मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीलाई कांग्रेसको प्रश्न- निर्दोष भए छानबिन समिति बनाउनबाट किन भाग्नुपर्‍यो ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नु पर्ने अडानलाई कायमै राखेको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछाने निर्दोष भए छानबिन समिति बनाउनबाट किन भागेर हिँड्नुपर्‍यो ?  भन्दै प्रश्न गरे।

खतिवडाले आफूहरू संसद् अवरोध गर्ने पक्षमा नरहेको बताए । सरकार सहमतिको बाटोमा हिड्न नखोजेको बताउदै उनले भने, ‘हामीले छानबिनको माग गर्दा म निर्दोष छु छानबिन हुनु हुँदैन भनिन्छ। हामीले कसैलाई दोषी करार गरेका छैनौँ। निर्दोष छ भने एउटा संसदीय छानबिन समिति गठन गरौँ त्यो समितिले जे भन्छ त्यसलाई हामी मान्न तयार छौँ भन्दा किन सरकार अड्किएर बसेको छ ?’

उनले आफूहरूले कसैसँग पूर्वाग्रह नराखेको बताउदै भने, ‘हामी कसैलाई फसाउन चाहँदैनौँ। तर, गल्ती छैन भने भन्न सक्नुपर्‍यो मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन रु किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ।’