१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितसँग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको छलफल



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्नुभएको छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहनुभएका मन्त्री लामिछानेले पीडितसँग छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री लामिछानले समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन आयोगले पुनः माग्ने र घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने आश्वासन दिनुभयो ।

यस्तै, मन्त्री लामिछानेले घटना विशेष अध्ययन गरी आयोगले निश्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि आग्रह गर्नुभयो । छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरुमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए ।

उनीहरुले पुरानो आयोगले समय अभावका कारण टुंग्याउन नसकेका निवेदन जो जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो, सो नयाँ आयोगलाई हस्तान्तरण गरिनुपर्ने माग समेत गरेका थिए ।

पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्त मिलापत्र गराउने काम भइरहेकोबारे पनि उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा गृहमन्त्री लामिछानेले प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा भेला भएका मधेसका सबै प्रजिअ र प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिने बताउनु भयो ।

पटक–पटकको छलफल निश्कर्षबिहीन भए पनि लामिछाने गृहमन्त्री भए लगत्तै उहाँकै सक्रियतामा सहमति भई आयोग गठन भएकाप्रति पीडितले मन्त्री लामिछानेलाई धन्यवाद व्यक्त गरेका थिए ।