२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष चयनका लागि आज निर्वाचत हुँदैछ । राष्ट्रिय सभाको दिउँसो सवा १ बजे बस्ने बैठकले उपाध्यक्ष चयन गर्ने छ ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरुलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिनेछन् ।

एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भगवती न्यौपानेले र कांग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दुर्गा गुरुङले प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष दाहालले दुवै प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । जुन प्रस्ताव बहुमतले पारित हुन्छ, त्यही निर्वाचित हुने संघीय संसद सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनसँग बहुमत छ ।