• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ?

च्याम्पियन्स लिगः आर्सनल र बायर्न तथा रियल र सिटीबीचको दुबै खेल बराबरीमा



काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले बराबरी खेलेका छन् ।

क्वाटरफाइनलको पहिलो लेग अन्तरगत दुबै टिमले २–२ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदान इमिरेट्समा खेलको १२ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१८ औं मिनेटमा सर्ज गनाब्रीले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ३२ औं मिनेटमा बायर्नले पेनाल्टी पायो । आर्सनलका डिफेन्डर विलियम सलिबाले बायर्नले लेरोई सानेलाई डि–बक्स भित्र लडाएपछि बायर्नले पेनाल्टी पाएको थियो ।

ह्यारी केनले उक्त मौकाको सदुपयोग गर्दै गोल गर्दा बायर्न २–१ गोलले अघि बढ्यो । यस्तै, खेलको ७६ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा आएका लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनलको हार टारे ।

यस्तै दोस्रो लेगकै अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेस्ट सिटीले पनि बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा दुबै टिमले ३–३ गोलको बराबरी खेलेका हुन् ।

खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १२ औं मिनेटमा सिटीका रुवेन डियाजले आत्मघाती गोल गरेपछि रियल १–१ गोलको बराबरीमा आयो ।

यता, १२ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ गोलले अघि बढाए । ६६ औं मिनेटमा फिल फोडेनको गोलमा सिटी २–२ गोलको बराबरीमा आयो । ७१ औं मिनेटमा जोस्को भार्डिओलले गोल गर्दै सिटीलाई ३–२ गोलले अघि बढाए ।

तर, ७९ औं मिनेटमा फेडेरिक भाल्भर्डेले गोल गर्दै रियल मड्रिडलाई ३–३ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । अब दोस्रो लेगका खेलहरु आगामी हप्ता हुनेछ । जहाँ बायर्नले आर्सनलको स्वागत गर्दा सिटीले रियलको आतिथ्य गर्नेछ ।