२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

चतराधामको एक महिना महाकुम्भ मेला- फोटो फिचर

चतराधामको एक महिना महाकुम्भ मेला- फोटो फिचर
अ अ+ अ-

धरान (सुनसरी): सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला सुरु भएको छ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो ।

आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । जगतगुरू बालसन्त मोहनशरण देवाचार्यका अगुवाईमा धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानका रुपमा विश्वमा परिचित गराउने उद्देश्यले बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गरिएको जनाईएको छ ।

जगतगुरू बालसन्तका अनुसार सप्तकोशीको किनारमा रहेको चतराधाम धार्मिक र आध्यात्मिक दृष्टिकोणले समेत उत्कृष्ट पवित्रस्थलमा सहभागी भई स्नान गरेमा सबैले पुण्य प्राप्त हुने जानकारी दिनुभयो । यो महाकुम्भ मेला नेपालको धार्मिक पर्यटकको आकर्षणको केन्द्रविन्दु समेत हुने गरेकाले यसबाट नेपालको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी बढीभन्दा बढी स्वदेशी तथा विदेशी धार्मिक पर्यटक एवं तीर्थालु भित्र्याउन नेपालले विशेष अभियान नै सञ्चालन गर्न सक्ने जगत्गुरु देवाचार्यको भनाई थियो ।

महाकुम्भ मेलामा नेपाल, भारत, बङ्गलादेशसहित १० देशबाट एक करोडभन्दा बढी भक्तजन आउने विश्वास गरिएको गुरु देवाचार्यले जानकारी दिनुभयो । भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ ।

बराह क्षेत्रमा विसं २०५९ देखि जगत्गुरु देवाचार्यको पहलमा महाकुम्भको आयोजना हुन थालेको हो । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेलाको आयोजना गर्ने गरिएको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको छ ।

जगत्गुरु देवाचार्य पौराणिक व्यवस्था तथा मान्यतामा चताराधाम नै महाकुम्भको आयोजना गर्नुपर्ने स्थानका रुपमा उल्लेख रहेको व्याख्या गर्नुहुन्छ । आफूले वैदिक सनातन धर्मग्रन्थहरुको अध्ययनबाट चताराधाम नै महाकुम्भको आयोजना गर्ने उचित स्थानका रुपमा पाएर यहाँ यो मेलाको आयोजना गर्न लगाएको दाबी गर्नुहुन्छ । यो महाकुम्भ नेपालमा आयोजना हुने एक उत्कृष्ट एवं पवित्र अनुष्ठान भएकाले यसमा सहभागी भएर धार्मिक एवं अध्यात्मिक लाभ लिन पनि जगतगुरु देवाचार्यले सबै नेपालीलाई आह्वान गर्नुभयो ।

‘मेरो देशको तीर्थ, मेरो देशको सानस् सनातन धर्म र संस्कृति मेरो देशको पहिचान’ भन्ने नाराका साथ उक्त बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गरिएको हो ।