२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

यी हुन् आईपीएलमा सबैभन्दा बढी ‘प्लेयर अफ द म्याच’ बन्ने खेलाडीहरु

यी हुन् आईपीएलमा सबैभन्दा बढी ‘प्लेयर अफ द म्याच’ बन्ने खेलाडीहरु
अ अ+ अ-

एजेन्सी । आईपीएलको को पहिलो संस्करण २००८ मा खेलिएको थियो । यस प्रतियोगिताको अहिलेसम्म १६ सिजन भइसकेका छन्, तर के तपाईलाई थाहा छ अहिलेसम्म सबैभन्दा धेरै प्लेयर अफ द म्याचको उपाधि जित्ने खेलाडीको सूचीमा को–को छन् ?

१. एबी डिभिलियर्स – यो सूचीमा एबी डिभिलियर्स नम्बर एकमा छन् । एबी डिभिलियर्स आईपीएल खेलमा कीर्तिमानी २५ पटक प्लेयर अफ द म्याच बने । रोयल च्यालेन्जर्स बैंगलोर बाहेक, एबी डिभिलियर्स आईपीएलमा दिल्ली क्यापिटल्सको हिस्सा थिए ।

२. क्रिस गेल – क्रिस गेलले आईपीएलमा २२ पटक प्लेयर अफ द म्याचको अवार्ड जिते । रोयल च्यालेन्जर्स बैंगलोरका अलावा क्रिस गेलले कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबाट खेलेका थिए ।

३. रोहित शर्मा – यो सूचीमा रोहित शर्मा तेस्रो स्थानमा छन् । रोहित शर्माले १९ पटक प्लेयर अफ दि म्याचको उपाधि जितेका छन् । मुम्बई इन्डियन्स बाहेक रोहित शर्मा डेक्कन चार्जर्स हैदरावादको एक हिस्सा रहेका छन् ।

४. डेभिड वार्नर – डेभिड वार्नरले आईपीएलमा १८ पटक प्लेयर अफ द म्याचको अवार्ड जितेका छन् । दिल्ली क्यापिटल्स बाहेक उनले सनराइजर्स हैदरावादबाट खेलेका छन् ।

५. महेन्द्र सिंह धोनी – यो सूचिमा महेन्द्र सिंह धोनी पाँचौं नम्बरमा छन् । धोनी आईपीएल खेलमा १७ पटक प्लेयर अफ द म्याच घोषित भएका छन् । चेन्नई सुपर किंग्स बाहेक उनी राइजिङ पुणे सुपरजायन्ट्सको पनि हिस्सा रहेका छन् ।