२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

जब जडेजा र धोनी मिलेर दर्शकलाई झुक्याए

जब जडेजा र धोनी मिलेर दर्शकलाई झुक्याए
अ अ+ अ-

एजेन्सी । महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले सोमबार चेन्नईको भीडलाई मनोरञ्जन दिए । धोनी र जडेजाले स्टेडियममा उपस्थित दर्शकलाई झुक्याए । यो सानो पलको भिडियो भाइरल भयो । यो किस्सा सोमबार चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स बीचको आईपीएलको २२ औं खेलको हो ।

चेन्नई सुपर किंग्सले एमए चिदम्बरम स्टेडियममा केकेआरले दिएको १३८ रनको लक्ष्य पछ्याएको थियो । १७ औं ओभरको पाँचौं बलमा शिवम दुबेलाई वैभव अरोराले बोल्ड गरे र डगआउटमा फर्किए ।

त्यसपछि फ्यानहरुबीच एमएस धोनी ब्याटिङमा आउनुपर्ने हल्ला चलेको थियो । सीएसकेको रणनीति पनि यो थियो कि धोनी ब्याटिङ गर्न आउनेछन् किनभने उनको एक झलक पाएपछि फ्यानहरूले आफ्नो ‘पैसा वसुल’ भएको महसुस गर्छन् ।

फ्यानहरू आफ्नो मनपर्ने खेलाडी धोनीको पर्खाइमा थिए तर त्यसपछि रविन्द्र जडेजा पूरा किट लगाएर प्याभिलियनबाट मैदानतर्फ लम्किए । तर उनी फर्किएर भित्र प्याभिलियनतिरै लागे । त्यतिन्जेल एमएस धोनी हेलमेट लगाएर तयार भइरहेका थिए । त्यसपछि फ्यानहरूको कोलाहलको बीचमा एमएस धोनी स्टेडियममा आए र क्रिजमा पुगे । धोनी र जडेजाले मिलेर दर्शकलाई झुक्याएको क्षणको भिडियो भाइरल भएको छ ।

 

चेन्नई सुपर किंग्सका फास्ट बलर तुषार देशपाण्डेले आफूले धोनी जडेजाले यसरी ठट्टा गरेको सुनेको खुलासा गरेका छन् । यो ठट्टा सफल पनि भयो । यसै क्रममा रविन्द्र जडेजाले दर्शकको मनोरञ्जनका लागि यस्तो ठट्टा गरिएको बताए । चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ ।