• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

सदनमा कांग्रेसको अवरोध कायमै



काठमाडौँ । प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सहकारी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानमा आज पनि कांग्रेसका सांसदले बैठकमा अवरोध गरेका हुन् ।

समिति नबनेसम्म सदन नचल्ने कांग्रेसले अडान लिएको छ । सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।

त्यसलगत्तै सभामुखले रास्वपा सांसद मनिष झालाई समय दिँदै गर्दा कांग्रेस सांसदहरु उभिएका छन् । अहिले सत्तारुढ दलका सांसदहरु पनि उभिएका छन् ।