१५ श्रावण २०८३, शुक्रबार
,
Latest
इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनमा कांग्रेसको अवरोध कायमै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सहकारी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानमा आज पनि कांग्रेसका सांसदले बैठकमा अवरोध गरेका हुन् ।

समिति नबनेसम्म सदन नचल्ने कांग्रेसले अडान लिएको छ । सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।

त्यसलगत्तै सभामुखले रास्वपा सांसद मनिष झालाई समय दिँदै गर्दा कांग्रेस सांसदहरु उभिएका छन् । अहिले सत्तारुढ दलका सांसदहरु पनि उभिएका छन् ।