१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कांग्रेसको कार्यसम्पादन समिति गठन (सूचीसहित)

कांग्रेसको कार्यसम्पादन समिति गठन (सूचीसहित)
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव सर्वसम्मतरूपमा पारित भएको हो ।

कार्य सम्पादन समितिमा सभापति देउवासहित १३ जना पदाधिकारी रहेका छन् । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा शेखर कोइरालासहित पूर्वपदाधिकारीलाई पनि कार्यसम्पादन समितिमा समेटिएको छ भने केही वरिष्ठ केन्द्रीय सदस्यहरू पनि कार्यसम्पादन समितिमा परेका छन् । पार्टीको विधानले पदाधिकारी र प्रवक्ता कार्यसम्पादन समितिमा स्वतः रहने व्यवस्था गरेको छ । पार्टी सभापति देउवाले पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ताको मनोनयन गर्न बाँकी छ ।

तीबाहेक कार्यसम्पादन समितिमा ३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । कुल ४६ मध्ये सभापति देउवाले ३५ जनालाई अहिले ३५ जनालाई समेट्नुभएको छ । बाँकी ११ जना पछि मनोनयन गरिने बताइएको छ । बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको नाम पढेर सुनाउनुभएको थियो।

कांग्रेसको कार्यसम्पादन समितिकाे सूची

शेरबहादुर देउवा – सभापति

रामचन्द्र पौडेल – वरिष्ठ नेता

पूर्णबहादुर खड्का – उपसभापति

धनराज गुरुङ – उपसभापति

गगन थापा–महामन्त्री

विश्वप्रकाश शर्मा –महामन्त्री

फरमुल्लाह मन्सुर – सहमहामन्त्री

भीष्मराज आङदाम्बे – सहमहामन्त्री

उमाकान्त चौधरी– सहमहामन्त्री

महेन्द्र यादव – सहमहामन्त्री

महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री

किशोरसिंह राठौंर– सहमहामन्त्री

बद्री पाण्डे – सहमहामन्त्री

जीवन परियार– सहमहामन्त्री

गोपालमान श्रेष्ठ

प्रकाशमान सिंह

विमलेन्द्र निधि

विजयकुमार गच्छदार

कृष्णप्रसाद सिटौला

डा.शशांक कोइराला

चित्रलेखा यादव

डा.रामशरण महत

अर्जुननरसिंह केसी

डा.प्रकाशशरण महत

सुनिलबहादुर थापा

डा.शेखर कोइराला

बलबहादुर केसी

बालकृष्ण खाण

ज्ञानेन्द्रबहादुर कार्की

उमा रेग्मी

रमेश रिजाल

डा.नारायण खड्का

जीपछिरिङ लामा

एनपी साउद

जीवनबहादुर शाही