५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षका लागि विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षबाट उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त छ । सत्तागठबन्धन दलबाट राष्ट्रिय सभाको उपाध्यक्ष कसलाई बनाउने भन्ने निर्णय भएको छैन । वर्तमान गठबन्धन बनाउँदा एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार उपाध्यक्षमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि सहभागी भएपछि पहिलेको सहमतिबारे कुनै उल्लेख गरिएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएका छन् । गठबन्धनले साझा उम्मेदवार तय गर्ने जनाएका छन् ।