• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

गण्डकी सरकार गठनविरुद्ध आज कांग्रेस सर्वोच्च अदालत जाने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज गण्डकी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

गण्डकी प्रदेश सरकार असंवैधानिक तरिकाले गठन भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा जाने तयारी गरेको हो । गण्डकी प्रदेशका कांग्रेसका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुसँग छलफल गरी प्रदेश सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकालेका हुन् ।

कांग्रेसले कानुन व्यवसायीसँग छलफल गरेर रिट दायरका लागि समन्वय गर्न जिम्मा रमेश लेखकलाई दिएको छ ।

मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि केन्द्रीय सत्ता गठबन्धन अनुसार गण्डकीमा नयाँ सत्ता समीकरण बनेको छ । नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई सत्ता गठबन्धनले मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई आइतबार हस्ताक्षर बुझाएको थियो । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबारै मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

माओवादीबाट सभामुख बनेका कृष्ण धितालको हस्ताक्षर समेत मुख्यमन्त्री बनाउन प्रयोग गरिएको भन्दै कांग्रेसले असंवैधानिक भनेको हो ।

बहुमतका लागि प्रदेश सभामा ३१ जना पुग्नु पर्दछ । दुई सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने सरकार निर्माणको प्रक्रियामा सहभागी भएन ।