२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी बलको स्टोरमा भएको आगलागीको अध्‍ययन गर्न छानबिन समिति गठन



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा भएको आगलागीको स्थलगत निरीक्षण गर्नुभएको छ ।

गृहमन्त्री लामिछानेले आसपासका बस्तीमा रहेका सीसी क्यामराबाट जाँचबुझ गर्न निर्देशन दिनु भएको उहाँले सचिवालयले जनाएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा विद्युत सर्ट भएर आगलागी भएको र नियन्त्रणमा ८ वटा दमकल परिचालन गरिएको थियो ।

उहाँले छानबिनका लागि समिति बनाउन सुझाव दिएकोमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन भएको जानकारी गराउनु भएको थियो ।

एपीएफ अस्पतालसँगै रहेको उक्त स्टोरमा सशस्त्रका लत्ताकपडा लगायत आवश्यक बन्दोबस्तीका सामान राखिएका हुन्छन् ।