१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लु अर्जुनको जन्मदिनमा फ्यानले पाए उपहार, रिलिज भयो ‘पुष्पा २’ को टिजर



अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार अल्लु अर्जुनले आज आफ्नो जन्मदिन मनाउँदै छन् । यही अवसरमा अभिनेताको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ः द रुल’ का निर्माताले फ्यानहरुलाई ठूलो उपहार दिँदै फिल्मको टिजर सार्वजनिक गरेका छन् ।

टिजर निकै धमाकेदार छ र यसमा अल्लु फेरि पुष्पराजको भूमिका निर्वाह गर्दै दर्शकको मन जितेको देख्न सकिन्छ ।

‘पुष्पा २ः द रुल’ को टिजरमा अल्लु अर्जुनको लुक निकै खतरनाक छ । उनको यो अवतार आजसम्म देखाइएको थिएन । टिजरमा अल्लुले सारी लगाएको र फुल मेकअप गरेको देखिन्छ । अभिनेताको लुक टाउकोदेखि पाउसम्म निकै प्रभावशाली छ । टिजरमा अभिनेताले एक्सन गरेको देख्न सकिन्छ ।

सुकुमारद्वारा निर्देशित ‘पुष्पा २ः द रुल’ मा अल्लुका अलावा रश्मिका मन्दाना, फहद फासिल, जगदीश प्रताप बन्दरी र सुनीलको मुख्य भूमिका रहेको छ । यी सबै स्टार फिल्मको पहिलो भागमा पनि दमदार भूमिकामा देखिएका थिए ।

‘पुष्पा २ः द रुल’ को रिलिजको प्रतिक्षामा सबै जना छन् । यो फिल्म १५ अगस्त २०२४ मा रिलिज हुँदैछ ।