२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

स्वस्थानी व्रत गर्नेले पालना गर्नुपर्ने नियम यस्तो रहेको छ, जान्नुहोस्

स्वस्थानी व्रत गर्नेले पालना गर्नुपर्ने नियम यस्तो रहेको छ, जान्नुहोस्
अ अ+ अ-

काठमाडौं । अहिले स्वस्थानी व्रतको शुभारम्भ भएको छ । यस सालको स्वस्थानी ब्रत माघ १५ गते बिहीबार देखि शुरु भएको हो । सबैजनालाई यो व्रतको महत्तव थाहा नहुन सक्छ । धेरेलाई व्रत लिनको लागि मन भएता पनि कसरी लिने भनेर यसको नियमहरु थाहा नहुँदा लिन नपाएकोमा दुख लाग्छ । त्यसैले थाहा नभएकाहरुलाई थाहा दिनको लागि यो साम्रगी तयार गरिएको हो । 

यसदिन श्रद्धालुहरु आफुलाई पायक पर्ने नदी तीर्थमा पुगेर स्नान गर्ने गर्दछन् । एक महिना भरी नै बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने गरिन्छ । सत्य युगमा यो व्रत सर्व प्रथम हिमालय पुत्री पार्वतीले श्री महादेवलाई पति पाँऊ भनि गर्नु भएको थियो । 

काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । यो व्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यती धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ ।  तराईको छट पूजा र पहाडको श्री स्वस्थानी व्रत नेपालको संस्कृतिको एक अंग हो । व्रत बस्दा पालना गर्नुपर्ने नियमहरु यस्ता रहेका छन् । 

१) पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखि नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँको सरसफाई लिपपोत मण्डप इत्यादी निर्माण गर्नुपर्छ।

२) भोजनमा सात्विक भोज गर्नुपर्ने दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्विक पदार्थहरू तथा एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ ।

३) ब्रत गर्नेले व्रतको सुरुवातका दिन देखी ब्रत नसकिदासम्म पलङ् तथा खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ ।

४) ब्रत सुरुभए पछि नसकिदासम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन ।

५) ब्रतको सुरु दिन देखि व्रत नसकिदासम्म कसैसँग झगडा गर्नुहुदैन, दुर्वचन, झुटो नबोल्नु हुदैन ।

६) कसैसगँ पनि क्रोध गर्नु हुदैन, चोरी नगर्नु तथा ब्रह्मचर्यको पालन गर्नु पर्ने हुन्छ ।

७) शुद्ध धोएका कपडाहरु नै लागाउनु पर्ने हुन्छ भने शौचादिबाट नबिृत भएपछि स्नान गनु पर्ने हुन्छ ।

८) मनमा कसैका प्रति प्रतिसोधको भावना हुनु हुदैन सात्विक भाव मात्र हृदयमा राख्नु पर्ने हुन्छ ।