२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनपिएल क्वालिफायरः लुम्बिनीविरुद्ध टस जितेर विराटनगरले पहिला बलिङ गर्दै सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता नक्कली नोटसहित एक जना पक्राउ पुस १ गतेदेखि बाघ गणना गरिँदै विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानबिन समिति नबनेसम्म कांग्रेसले रवि लामिछानेलाई रोस्टममा जान नदिने



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने निर्णय गरेको छ ।

आज सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टीको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै, लामिछानेमाथि छानबिन गर्न समिति नबनेसम्म उनलाई संसद्को रोस्टममा जान नदिने निर्णय पनि कांग्रेसले गरेको छ ।

संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले यसबारे थप छलफलका लागि संसदीय दलको बैठक पनि डाकेका छन् । मंगलबार बिहान नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ ।