२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमन गिललाई हेर्न १२ हजार किलोमिटरको यात्रा गरे दुई साना फ्यानले



अ+ अ-

एजेन्सी । आइतबार आईपीएलमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सबीचको खेल भयो । लखनउको एकना स्टेडियममा भएको खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गर्यो । यसैबीच सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल भइरहेको छ ।

वास्तवमा, गुजरातका कप्तान शुभमन गिलका फ्यान दुई साना बच्चाहरू करिब १२ हजार किलोमिटरको यात्रा गरेर आफ्नो मनपर्ने खेलाडीलाई समर्थन गर्न न्यूजिल्याण्डबाट आएका थिए ।

दुबै साना केटाकेटीहरू लखनउको एकना स्टेडियममा पोस्टरहरू सहित आफ्नो मनपर्ने शुभमन गिललाई समर्थन गर्दै देखिएका थिए ।

लखनऊको एकना स्टेडियममा पुगेका दुई साना बालबालिकाले पोस्टरमा लेखिए अनुसार उनीहरुले न्यूजिल्याण्डको क्राइस्टचर्चबाट करिब १२ हजार किलोमिटरको दुरी तय गरेका छन् । उनीहरुले थप लेखेका छन् कि शुभमन गिल र केन विलियमसनलाई आईपीएलमा ब्याटिङ गरेको हेर्न चाहन्छन् ।

यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस बाहेक सामाजिक संजाल प्रयोगकर्ताहरुले लगातार कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।