२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई प्रदीप पौडेलको प्रश्न: निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । उहाँले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? भन्ने प्रश्न गर्नुभयो । उहाँले कुनैपनि घटना विशेषको सत्यतथ्य खोजिनुपर्ने बताउनु भयो । उहाँले प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभएपनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको बताउनु भयो । उहाँले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि घटना विशेषको तथ्यसत्य के हो ? भन्नेकुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन । तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ । प्रश्न आफूलाई उठ्यो, त्यो कुराको वास्ता नगर्ने र अरुलाई प्रश्न उठाउने कुरा मात्रै सरकारमा बसेर स्वभाविक हुन सक्दैन । सुशासन पहिलो चाहना र आवश्यकता हो । सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्न आजसम्मका जतिपनि घटना छन्, काण्डहरु छन्, त्यसको छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर ल्याउनुपर्छ । निष्पक्ष ढंगले छानबिन हुने स्थिति हामीले सिर्जना गर्नुपर्छ । सरकारको संयन्त्र विश्वसनीय छैन भनेर यो भन्दा अघि पनि धेरै पटक भनिएको छ । हामीले विश्वसनीय छैन भनेर विभिन्न संसदीय समितिहरु बनायौँ । छानबिन समिति बनायौँ ।’

‘राज्यको संयन्त्रले राजनीतिक मानिसलाई छुन सक्दो रहेनछ, राजनीतिक मानिस त्यो पनि सत्तामा बसेका व्यक्तिहरुसँग प्रश्न गर्नै सक्दा रहनेछन् भन्नेकुरा सबैले बुझेका छौँ । निष्पक्ष छानबिनका लागि सत्यतथ्य खोज्नसक्ने समिति बनाएर छानबिन गर्ने स्थिति बनाउनुपर्छ । सहकारीको विषय केही तथ्यहरुसँग जोडिएको छ । हामीले छानबिन प्रभावित हुने स्थिति भएको कारणले संसदीय समिति बनाउनुपर्छ भनेको हो । समिति बनाउँदा सत्ताको अंक गणितको आधारमा हुन्छ । सत्तारुढ गठबन्धनले संसदीय समिति बनाउँदा र सत्तामै भएको व्यक्तिमाथि छानबिन गर्दा पनि संसदीय समितिको बहुमत त्यही गठबन्धनकै हुन्छ । संयोजक पनि त्यही पक्षबाट आउनुहुन्छ । काँग्रेसबाट गएका केही प्रतिनिधिले सत्यलाई ढाकछोप गर्ने स्थिति हुँदैन । त्यसैले छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन, हट्दैन ।’

सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गर्नुभयो ।