२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कीर्तिमानी आरोही फूर्बाले बूढानिलकण्ठको झन्डा सगरमाथा पुर्‍याउने

कीर्तिमानी आरोही फूर्बाले बूढानिलकण्ठको झन्डा सगरमाथा पुर्‍याउने
अ अ+ अ-

काठमाडौं । १६ औं पटक सगरमाथा आरोहणका लागि जान लागेका कीर्तिमानी आरोही फूर्बा शेर्पाले ’यो पटक एभरेष्ट समिटमा बुढानीलकण्ठ नगरपालिकाको झण्डा लैजाने भएका छन् ।

शेर्पाले यस पटकको आरोहणका क्रममा नगरपालिकाको झन्डै लैजाने प्रस्ताव गरेपछि नगरपालिकाले तत्कालै स्वीकार गरेको उपप्रमुख अनिता लामाले जानकारी दिइन् ।

नगरपालिकाका तर्फबाट नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा महाशाखा प्रमुख सहित उनलाई राष्ट्रिय झण्डा, नगरपालिकाको लोगो झण्डा र बुढानीलकण्ठ मन्दिरको प्रतिमूर्ति हस्तान्तरण गरिएको छ ।

उनले आउने सिजनको सगरमाथा आरोहणमा नगरपालिकाको लोगो अंकित झण्डालाई फहराउनेछन् र बुढानीलकण्ठको प्रतिमूर्तिलाई सगरमाथाको चुचुरो पुर्याउनेछन् ।

फूर्वाले २२ वर्ष उमेरभित्र ९ पटक सफल सगरमाथा आरोहणसहित सपरिवार सगरमाथा आरोहण गरेको सहित ४ वटा कीर्तिमान कायम गरिसकेका छन् ।