२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठकबारे कांग्रेसभित्र अन्योल, देउवाले बोलाए बैठक



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदुमा रहेको पूर्व र वर्तमान पदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेसले चैत २ गतेदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने भनेका छन् । तर सत्तारुढ दलहरुले मानेका छैनन् । यही विषयले संसद् बैठक नै प्रभावित हुने जोखिम छ ।

अघिल्लो बैठकमा त महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकसम्म छानबिन समिति गठन नभए बैठक नै चल्न नदिने चेतावनी दिएका थिए । प्रतिनिधिसभा बैठक भोलि बस्दै छ । त्यही विषयमा देउवाले आज पार्टीभित्र छलफल गर्न लागेका हुन् ।

संसद्मा अवरोध गर्ने भनेर कांग्रेसले अहिलेसम्म निर्णय भने गरिसकेको छैन । पार्टीको संस्थागत निर्णय नभएको भन्दै केही सांसदहरुले असन्तुष्टिसमेत जनाइसकेका छन् ।

संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।