• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेडसँग लिभरपुलले अंक बाँड्यो, शीर्षस्थानमा उक्लने मौका गुमायो



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेलेका छन् ।

भर्खरै सम्पन्न खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा खेलको २३ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा ब्रुनो फर्नान्डेजले झण्डै सेन्टरबाट सुन्दर गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । ६७ औं मिनेटमा कोबी मानिओले गोल गर्दै युनाइटेडलाई २–१ गोलले अघि बढाए ।

तर, ८४ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । यो नतिजासँगै प्रिमियर लिग उपाधि होड थप रोमाञ्चक बनेको छ ।

३१ खेलबाट ७१ अंकसहित आर्सनल शीर्षस्थानमा रहँदा समान खेलबाट समान अंक रहेको लिभरपुल गोल डिफरेन्सको आधारमा दोस्रो स्थानमा छ । यस्तै, म्यान्चेस्टर सिटी ७० अंकसहित तेस्रो स्थानमा रहँदा युनाइटेड४९ कका साथ छैटौं स्थानमा छ ।