• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

ग्लेन म्याक्सवेलः अष्ट्रेलियाको लागि ‘हिरो’, आरसीबीका लागि ‘जिरो’



एजेन्सी । विष्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल आईपीएल २०२४ मा अहिलेसम्म पूर्ण रूपमा फ्लप देखिएका छन् । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का ब्याटिङ अलराउन्डरले अहिले टिमका लागि ब्याटिङबाट कुनै चमत्कार गर्न सकेका छैनन् ।

राजस्थानविरुद्धको पाँचौं खेलमा म्याक्सवेल मात्र १ रन बनाएर प्याभिलियन फर्किएका थिए । म्याक्सवेलले आफ्नो पाँच इनिङ्समा एकपटक पनि ३० रनको आँकडा पार गर्न सकेका छैनन् ।

तर २०२३ मा भएको एकदिवसीय विश्वकपमा म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । अष्ट्रेलियाका ब्याट्सम्यानले भारतको भूमिमा खेलिएको एकदिवसीय विश्वकप २०२३ मा विस्फोटक ब्याटिङ प्रदर्शन गरेका थिए । तर, त्यही भारतीय पिचमा म्याक्सवेल आईपीएलमा लगातार फ्लप भइरहेका छन् ।

विश्वकपमा अफगानिस्तानविरुद्धको खेलमा म्याक्सवेलले लक्ष्य पछ्याउँदै अस्ट्रेलियालाई जित दिलाउन दोहोरो शतक प्रहार गरे र त्यो खेलमा उनको खुट्टामा गम्भिर चोट लागेको थियो, जसका कारण उनी दुवै खुट्टामा राम्ररी उभिन समेत सकेका थिएनन् । त्यस्तो अवस्थामा नायक बन्दै म्याक्सवेलले खेल जिताए ।

तर आईपीएलमा पूर्ण रूपमा फिट भए पनि म्याक्सवेलले केही गर्न सकेका छैनन् । पाँच इनिङ्समा ब्याटिङ गर्दै म्याक्सवेल चार पटक एक अंकको स्कोरसहित प्याभिलियन फर्केका छन्, जसमा दुई शून्य पनि छन् । उनको उच्च स्कोर २८ रन रहेको छ । म्याक्सवेलले पाँच इनिङ्समा क्रमशः ००, ०३, २८, ०० र ०१ रन बनाए । आफ्नो खराब फर्मका कारण अष्ट्रेलियाका खेलाडी आरसीबीका लागि जिम्मेवार बनेको देखिन्छ ।

यद्यपि, चित्त बुझाउने बाटो भनेको म्याक्सवेल प्रायः पार्ट टाइमरको रूपमा बलिङ गर्छन् । तर यो सिजन उनी आरसीबीका मुख्य बलरभन्दा राम्रो देखिन्छन् । एकातिर आरसीबीबाट सुरुका तीन खेल खेलेका अल्जारी जोसेफले एक विकेट लिएका छैनन् भने म्याक्सवेलले ५ खेलमा ४ ब्याट्सम्यानलाई आफ्नो शिकार बनाएका छन् । अब आउने खेलमा म्याक्सवेलले कस्तो प्रदर्शन गर्छन् हेर्नु चासोको विषय हुनेछ ।