२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

‘मिर्जापुर ३’ मा ‘मुन्ना भैया’ लाई देख्न नपाइने

‘मिर्जापुर ३’ मा ‘मुन्ना भैया’ लाई देख्न नपाइने
अ अ+ अ-

एजेन्सी । दिव्यन्दु शर्मा चर्चित वेब सिरिज ‘मिर्जापुर ३’ मा सबैको मनपर्ने मुन्ना भैयाको भूमिकामा देखिने छैनन् । दिव्यन्दु आफैले हालैको एक अन्तर्वार्तामा यसको खुलासा गरेका छन् ।

उनले तेस्रो सिजनमा नदेखिने बताए । अहिले यो पात्रमा निसास्सिएको महसुस भएको उनी बताउँछन् । ह्युमन्स अफ बम्बेलाई दिएको एक अन्तर्वार्तामा दिव्यन्दुले भने– ‘म घोषणा गर्छु कि म मिर्जापुर सिजन ३ को हिस्सा होइन ।’

दिव्यन्दुको यो भनाइले मुन्ना भैयाको चरित्रलाई सिजन २ को फाइनलमा मारिएको प्रमाणित गर्छ । यद्यपि, फ्यानहरू आशावादी थिए कि उनले निश्चित रूपमा सिजन ३ मा बलियो पुनरागमन गर्नेछन् । तर दिव्यन्दु आफैंले यी कुराको अन्त्य गरेका छन् ।

मुन्ना भैयाको क्यारेक्टरको वर्णन गर्दै दिव्यन्दुले भने, ‘मेरो लागि मुन्नाको क्यारेक्टर निस्सन्देह डिस्टर्बिंग क्यारेक्टर थियो । यद्यपि मलाई सुरुदेखि थाहा थियो कि यो एक शक्तिशाली भूमिका थियो । मैले बब्लुको भूमिकाका लागि पहिलोपटक अडिसन दिएँ । तर, केही समयपछि मुन्नाको भूमिकाका लागि म बढी उपयुक्त छु भन्ने महसुस भयो ।’

उनले थप भने, ‘जब म यो क्यारेक्टरमा थिएँ, यसले मेरो व्यक्तित्वमा धेरै प्रभाव पारेको थियो । हामीले कुनै पनि चरित्रको गहिराइमा जानु हुँदैन किनभने यो धेरै सजिलो छैन । कहिलेकाहीँ यो भूमिका मेरो लागि अन्धकार थियो । यसमा मलाई निसास्साउन थाल्यो ।’

मिर्जापुरको पहिलो सिजन १६ नोभेम्बर २०१८ मा अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिएको थियो । जसमा पंकज त्रिपाठी, अली फजल, कुलभूषण खरबन्द, दिव्यन्दु शर्मा, विक्रान्त मेसी, रसिका दुग्गल, श्वेता त्रिपाठी र विजय वर्मा जस्ता कलाकारहरु देखिएका थिए ।

जहाँ, दोस्रो सिजन २३ अक्टोबर २०२२ मा स्ट्रिम गरिएको थियो। अब यसको तेस्रो सिजन यसै वर्ष रिलिज हुँदैछ । हाल निर्माताले यसको रिलिज मिति भने घोषणा गरेका छैनन् ।